प्रदेश १ मा १ सय ७९ संक्रमित थपिए, ९२ जना डिस्चार्ज

  • मंसिर १६, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर। प्रदेश १ मा आज १ सय ७९ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ६२, मोरंगमा ५३, सुनसरीमा ३८, इलाममा १०, पाँचथर र ते¥हथुममा २–२, ताप्लेजुङ, धनकुटा र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको विर्तामोडमा २२, भद्रपुरमा १५, दमकमा ७, कनकाई र शिवसताक्षीमा ४–४, अर्जुनधारामा ३, मेचीनगरमा २, गौरादह, बुद्धशान्ति, कचनकवल, कमल गाउँपालिका र स्थानीय तह नखुलेका १–१, मोरंगको विराटनगरमा ४०, बेलबारीमा ३, केराबारी, पथरीशनिश्चरे र सुन्दरहरैचामा २–२, रतुवामाई, उर्लाबारी, कटहरी र स्थानीय तह नखुलेका १–१, सुनसरीको धरानमा १८, इटहरीमा १७, भोक्राहानरसिंह, देवानगञ्ज र स्थानीय तह नखुलेका १ जनाको रिपोर्ट पोजटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता इलामको माईमा ८, इलाम नगरपालिका र रोङमा १–१, पाँचथरको फिदिम र मिक्लाजुङमा १–१, ते¥हथुमको लालिगुराँसमा २, ताप्लेजुङको पाथीभरा याङवरक, धनकुटा र उदयपुरको त्रियुगामा १–१ र प्रदेश १ बाहिरका ९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २७ हजार ४ सय ४१ पुगेको छ ।

प्रदेश १ मा आज ९२ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ८३, विराट मेडिकल कलेजबाट ५, मेची अस्पतालबाट ३ र मेची अस्पतालबाट १ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २२ हजार ३७७ पुगेको छ ।

प्रदेश १ मा आज ८सय ३५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ५५ महिला र १सय२४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ९२ हजार २६१ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved