मोरङका ६ स्थानीय तहले गरे विद्यालय खोल्ने निर्णय

  • मंसिर १०, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt फाइल तस्वीर गूगल

विराटनगर । मोरङमा विद्यालय खोल्ने तयारी थालिएको छ । दक्षिणपूर्वी मोरङका ६ वटा स्थानीय तहले विद्यालयको पठनपाठन शुरु गर्ने निर्णय गरेका छन ।

मंसिर १५ गतेबाट विद्यालय संचालन गर्ने विाष्यमा ६ वटै पालिकाका प्रमुख तथा सरोकारवालाले अब विद्यालय बन्द गरिरहन नसक्ने निस्कर्ष निकालेका हुन ।

रङ्गेली नगरपालिका,रतुवामाई नगरपालिका, सुनवर्षी नगरपालिका, धनपालथान गाउँपालिका, जहदा गाउँपालिका र कटहरी गाउँपालिकाका विद्यालय खुल्ने विषयमा छलफल भई निर्णय भएको हो । रंगेली नगरपालिकाका प्रमुख दिलिप अग्रवालका अनुसार सरकारले तोेकेको स्वास्थ्य मापदण्डलाई कडाइसाथ लागू गर्दै विद्यालय खोल्ने निर्णय भएको छ ।

सबै विद्यालयले विद्यार्थी–शिक्षकहरुलाई अनिवार्य साबुन पानीले हात धुने व्यवस्था गर्ने, विद्यालयले प्रत्येक विद्यार्थीको थर्मल गन प्रयोग गरी अनिवार्य तापक्रम नाप्ने विद्यालयले हरेक साता कक्षाकोठा डिसइन्फेक्ट गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।

कक्षा १ देखि ५ सम्म सञ्चालित विद्यालयलाई दिवा सत्रमा र कक्षा ६ देखि १२ सम्म सञ्चालित विद्यालयहरुलाई विहानी सत्रमा सामाजिक दूरी कायम गरी सञ्चालन गर्ने निर्णय भएको रंगेलीमा मेयर अग्रवालले बताए ।

कोरोनाको लक्षण देखिए शिक्षक, विद्यार्थी र कर्मचारीलाई १४ दिन अनिवार्य बिदामा बस्न लगाउने र पीसीआरपछि मात्रै विद्यालय आउन पाउने नियम लगाएको बताइएको छ ।

 

सप्तकोसीले धार परिवर ...

इटहरी/ तीन वर्षअघि सप्तकोसी नदीले धार परिवर्तन गरी ...

साइकलयात्रीको मृत्यु ...

सर्लाही/  सर्लाहीको लालबन्दी नगरपालिका–५ मेज ...

कारमा ब्राउन सुगर ओस ...

झापा/  भारतसँगको खुला सीमाको फाइदा उठाउँदै नि ...

बराहक्षेत्रमा मोटरसा ...

बराहक्षेत्र/  सुनसरीको बराहक्षेत्र नगरपालिका&ndash ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved