आव ०७७÷७८ नगर सरकारको पहिलो चौमासिक :वराहक्षेत्रको विकास खर्च ‘उत्साहित’

  • मंसिर १०, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

वराहक्षेत्र/ कोभिड संक्रमणको विषम परिस्थितिका बावजुद वराहक्षेत्र नगरपालिकाले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा चालु तथा पुँजीगततर्फ औसत खर्च गरेको छ । चालुतर्फ विनियोजित वार्षिक बजेटको २५ दशमलव ८६ प्रतिशत खर्च गरेको छ, भने पुँजीगततर्फ १२ दशमलव १४ प्रतिशतमात्र खर्च गर्न सकेको छ ।

चालु आर्थिक वर्षमा नगरले वराहक्षेत्र ४ स्थित पिडारी– कुटी १ हजार ७ सय मिटर कालोपत्रे सडक सम्पन्न गरेको छ । यस्तै धनपुरी– कालाबन्जर सडक ९ सय ५० मिटर र ४५० मिटर कालोपत्रे गरेको छ । वराहक्षेत्र ७ स्थित सोमबारे– बांगे ४ सय मिटर कालोपत्रे सम्पन्न गरेको छ ।

नगर कार्यपालिका परिषरमा प्रशासनिक भवन र कृषि प्रयोगशाला भवन अन्तिम चरणमा पुगेको छ । ७६ लाख २७ हजार ८ सय ४० रुपैयाँ ६५ पैसा अन्तशुल्क सहितको लागतमा प्रशासनिक कार्यालय भवन निर्माण गरेको छ । ६० लाख ८८ हजार ९ सय ३२ रुपैयाँ २३ पैसाको लागतमा कृषि प्रयोगशाला भवन सम्पन्न गरेको छ ।

भदौसम्ममा उपभोक्ता समिति गठन गरी सक्नुपर्ने नगरले सूचना जारी गरेको भए पनि मंसिरसम्ममा पनि सबै उपभोक्ता समिति गठन गरी नगरमा नआइपुगेको, वर्षाको मौसम, चाडपर्व र कोभिड संक्रमणको विषम परिस्थितिका कारण विकास निर्माणमा अवरोध सिर्जना भएको वराहक्षेत्र नगरपालिकाकाका योजना शाखा प्रमुख राम ढकाल बताउँछन् । ‘अन्य नगरपालिकामा त यति पनि खर्च भएको छैन होला, खर्च प्रतिशतलाई उत्साहित नै भन्न सकिन्छ ।’

योजना प्रमुख ढकालले भने । ‘कोभिड संक्रमणका कारण प्रक्रिया अगाडि बढाउन नसकिएको हो, सरकारबाटै पनि भीडभाड नगर्न निर्देशन दिएको छ,’ नगरका लेखा अधिकृत विरेन्द्र यादवले भने, ‘योजना प्रक्रिया क्रमशः अघि बढिरहेको छ ।’

वराहक्षेत्रले चालुतर्फ विनियोजित ११ करोड ३८ लाख ४७ हजार रुपैयाँ वार्षिक बजेटमा २ करोड ९४ लाख ४२ हजार ४८७ रुपैयाँ ६५ पैसा खर्च गरेको छ । पुँजीगततर्फ विनियोजित वार्षिक बजेट ३८ करोड ७ लाख ४२ हजार ३९३ मध्ये ४ करोड ६२ लाख ३७ हजार ६३९ रुपैयाँ ९९ पैसा खर्च गरिसकेको छ ।

खर्च विवरणलाई हेर्दा वराहक्षेत्र नगरपालिकाले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा विकास निर्माणमा औसत काम गरेको वाणिज्य शास्त्री तथा लेखा प्रणाली विज्ञ प्रा.डा. राजेन्द्र पोखरेल बताउँछन् । ‘राज्यले समेत ९ महिनामा २२ प्रतिशत मात्र खर्च गरेको तथ्यांक छ, स्थानीय तहले त आयोजनामा काम गर्न सकेकै छैन नि’ प्रा डा. पोखरेलले भने, ‘लकडाउनले काम गर्न सकेका छैनन्, निर्माणको काममा स्लोडाउन छ ।’

स्थानीय सरकारले स्थानीय स्रोत संकलन गर्न नसक्नु र लकडाउनले निर्माणमा प्रभाव पारेका कारण विकास खर्च कम देखिएको प्रा.डा. पोखरेलको विश्लेषण छ । ‘यसका अलावा नगर विशेषका प्राविधिक कारणले पनि पहिलो चौमासिकमा विकास निर्माणमा खर्च हुन सकेको छैन,’ प्रा.डा. पोखरेलले भने, ‘केही नगरपालिकाले क्रमागत योजनालाई समेत जोडेर उल्लेखीय विकास खर्च देखाउने गरेका छन् ।’

वराहक्षेत्र नगरपालिकाले पुँजीगततर्फ पशुधन तथा बागवानी, सडक तथा पुल निर्माण, तटबन्ध तथा बाँध निर्माण, सिंचाइ संरचना निर्माण, वन तथा वातावरण संरक्षणलगायत सार्वजनिक निर्माणलगायत प्राथमिकतामा राखी बजेट विनियोजन गरेको छ ।

३० दिनभित्र अनुभूति ...

विराटनगर/ गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशका सुर ...

युवतीको बलात्कारपछि ...

काठमाडौं/  काठमाडौंको बागबजारस्थित एक गेस्ट ह ...

कोशी बाल सुधार गृहबा ...

मोरङ/ विराटनगर–३ स्थित कोशी बाल सुधार गृहबाट ...

धरानमा तरुण दलको अधि ...

धरान/  नेपाल तरुण दल प्रतिनिधिसभा क्षेत्र नं. ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved