शुल्क नतिरे पनि परिक्षामा सामेल गराउन धरान उपमहानगरपालिकाको निर्देशन

  • मंसिर ८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । शुल्क नतिरे परिक्षामा सहभागि हुन नपाउँने भन्दै अभिभावकहरुलाई दबाब दिएको गुनासो आउन थाले पछि धरान उपमहानगरपालिकाले परिक्षाबाट बञ्चित नगराउन विद्यालयहरुलाई निर्देशन दिएको छ ।

निजी विद्यालयहरुले दबाब दिएर अभिभावकहरु सँग शुल्क असुलेको भन्दै स्थानीय सरकार समक्ष गुनासो बढे पछि सोमबार शिक्षा महाशाखाले सुचना जारी गर्दै कुनै पनि बहानामा विद्यार्थीको परिक्षा नरोक्न उर्दी जारी गरेको छ ।

शिक्षा, खेलकुद तथा युवा महाशाखाका प्रमुख रामचन्द्र कार्कीले सुचना जारी गर्दै संस्थागत विद्यालयहरुले विद्यार्थीहरुलाई शुल्क नतिरेकै कारण विद्यालयहरुले लिने परिक्षामा सम्मिलित हुन नपाउने भन्ने गुनासा अभिभावकहरुबाट आएकाले सबै विद्यालयहरुले परिक्षाबाट बञ्चित नगर्नु नगराउन निर्देशन अनुसार जानकारी गराएका छन् ।

विद्यालय सञ्चालकहरुले मंसिर १८ गतेदेखि दोस्रो त्रैमासिक परीक्षा गराउने र शुल्क नबुझाउने विद्यार्थीहरुलाई परीक्षामा सामेल नगराउने भनेर थप तनाब र दबाब दिदा पनि स्थानीय सरकार मुकदर्शक बनेको अभिभावकहरुको गुनासो छ ।

विद्यालयले लिने शुल्कको विषयमा धरानका अभिभावकहरुले आन्दोलन गर्दै आएका छन् । उनीहरुले लकडाउनको समयावधिको शुल्क स्थानीय सरकारले तोकिदिन अनुरोध गर्दै आए पनि अनलाइन कक्षाको शुल्क निर्धारणमा ढिलाई गरेको गुनासो समेत गरेका छन् । स्थानीय सरकारले अनलाइन कक्षाको शुल्क निर्धारण नगरे पछि निजी विद्यालयहरुले भने दबाब दिएर शुल्क असुल गरिरहेको अभिभावकहरुको गुनासो छ ।

शुल्क निर्धारणका लागि आन्दोलन गर्दै अभिभावकहरुले सोमबार पनि धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईलाई पुनः ज्ञापन पत्र बुझाएका छन् । धरान अभिभावक विद्यार्थी परिवारले अनलाईन कक्षाको न्यायोचित शुल्क निर्धारण गर्न माग गर्दै ६ दिने अल्टिमेटम दिएका छन् । परिवारले विभिन्न ६ बुँदे माग मंसिर १४ गतेभित्र पुरा गर्नुपर्ने अल्टिमेटम दिएको छ ।

अभिभावकहरुले मंसिर १४ गतेभित्र अनलाईन कक्षाको यस शैक्षिक सत्रको लागि बार्षिक शुल्क ५० प्रतिशत र अनलाईन कक्षा सञ्चालन गरेदेखि मासिक शुल्क ५० प्रतिशत निर्धारण गर्न माग गरेका छन् । विद्यालयको शैक्षिकस्तर र भौतिक पुर्वाधारको आधारमा स्तर वर्गीकरण गर्न, स्थानीय सरकारको तर्फबाट तुरुन्त शिक्षा नियमावली जारी गर्न पनि माग गरेका छन् ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved