प्रदेश १ मा शनिवार थप १ सय ३५ जना कोरोना संक्रमण पुष्टि

  • मंसिर ६, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान : प्रदेश नम्बर १ आज थप १ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मोरंगमा ६८, झापामा ५४, सुनसरीमा ६, इलाम र धनकुटामा ३–३ र पाँचथरमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरंगको विराटनगरमा ५०, बुढीगंगामा ३, कानेपोखरी, बेलबारी र लेटाङमा २–२, ग्रामथान, उर्लाबारी, धनपालथान, पथरीशनिश्चरे, केराबारी र कटहरीमा १–१, स्थानीय तह नखुलेका ३ जना छन् ।

झापाको कनकाईमा १२, भद्रपुरमा ११, विर्तामोडमा १०, अर्जुनधारामा ५, मेचीनगरमा ४, शिवसताक्षीमा २, गौरादह, बुद्धशान्ति र झापा गाउँपालिकामा १–१, र स्थानीय तह नखुलेका ७ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै सुनसरीको इटहरीमा २, इनरुवा, बराहक्षेत्र, गढी र रामधुनीमा १–१, इलामको इलाम नगरपालिकामा २, माईजोगमाईमा १, धनकुटाको धनकुटा नगरपालिकामा ३ र पाँचथरको फिदिममा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेश १ बाट ३६८ जना डिस्चार्ज भएका छन् ।होमआईसोलेसनबाट ३६५ र न्युरो अस्पतालबाट ३ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २० हजार ५८८ पुगेको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या २५ हजार ७६ पुगेको छ । प्रदेश १ मा आज ४७० जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ६७ महिला र ६८ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ८२ हजार ६०७ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

 

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved