प्रदेश १ मा ३५७ जना कोरोना संक्रमित थपिए

  • कार्तिक १६, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । प्रदेश नं. १ मा आज ३५७ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १८३, झापामा ६९, सुनसरीमा ५३, उदयपुरमा १५, धनकुटामा ५, इलाममा ४, ओखलढुङ्गा, संखुवासभा, ते¥हथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा १२३ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ५३ महिला र ७० पुरुष छन् । मोरंगको उर्लाबारीमा १६, पथरीशनिश्चरेमा ११, सुन्दरहरैचामा ९, बेलबारीमा ८, बुढीगंगा र कटहरीमा ३–३, धनपालथान, ग्रामथान र रंगेलीमा २–२, कानेपोखरी, मिक्लाजुङ, सुनबर्षी र केराबारीमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

झापाको दमकमा ३७, कमलगाउँपालिकामा १०, विर्तामोड र गौरादहमा ४–४, कनकाई, शिवसताक्षी, मेचीनगरमा २–२, भद्रपुर, बुद्धशान्ति, बा¥हदशी र अर्जुनधारामा १–१ स्थानीय तह नखुलेका ४, सुनसरीको इटहरीमा २८, इनरुवामा १०, धरानमा ६, रामधुनीमा ३, कोशी गाउँपालिकामा २, बराहक्षेत्र, बर्जु, देवानगञ्ज र दुहवीमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता उदयपुरको त्रियुगामा ५, चौदण्डीगढीमा ४, कटारीमा ५ र बेलकामा १, धनकुटाको धनकुटा नगरपालिकामा ४ र महालक्ष्मीमा १, इलामको चुलाचुलीमा ३ र रोङमा १, ओखलढुङ्गाको सुनकोशी, संखुवासभाको मादी, ते¥हथुमको आठराई र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १९ हजार ५३२ पुगेको छ ।

प्रदेश १ मा आज २४७ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट १९७, होटल एशियाटिक आईसोलेसनबाट २५, जिल्ला अस्पताल धनकुटाबाट १०, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ९, झोराहाट प्राथमिक स्वास्थ्य केन्द्रबाट ५, विराट मेडिकल कलेजबाट १ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार ९८ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार ३९१ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १३६ महिला र २२१ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ६१ हजार १४२ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved