परीक्षण दर घट्दा संक्रमित पनि घटे

  • कार्तिक १४, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । प्रदेश १ कोरोना परीक्षणको दर घटेसंगै संक्रमित थपिने क्रमसमेत घटन् पुगेको छ ।
दशैंयता प्रदेश राजधानी विराटनगरसहित पालिकाहरुमा स्वाब संकलनको दर निक्कै न्यून भएको छ । विराटनगर महानगरले गर्ने स्वाब संकलन समेत केही घटेको छ । दसैंभर कोसी अस्पतालले पहिल्यै संकलन भई आएका नमूना मात्र परीक्षण गर्ने स्पष्ट गरेको थियो ।

प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार विहीबार प्रदेशभर जम्मा १३४ जना कोरोना संक्रमित थपिए । तीमध्ये सबैभन्दा धेरै सुनसरीमा ५७ जना थिए । मोरङमा नयाँ संक्रमित ४२, झापामा ३१, ते¥हथुममा एक र प्रदेश बाहिरका ३ जनामा संक्रमण देखिएको थियो ।

सुनसरीको धरानमा ४७, इटहरीमा ७, रामधुनी, गढी र स्थानीय तह नखुलेका एक एक जना थपिएका छन । विराटनगरमा ३२, बुढीगंगामा २, कानेपोखरी, सुन्दरहरैचा र बेलबारीमा एक एक र स्थानीय तह नखुलेका ५ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

मन्त्रालयका अनुसार झापाको भद्रपुर र बिर्तामोडमा आठ आठ जनामा संक्रमण देखिएको छ । यसैगरी मेचीनगर र कनकाईमा तीन तीन जना, शिवसताक्षीमा दुई, बुद्धशान्ति, अर्जुनधारा, कमल र झापा गाउँपालिकामा एक एक र स्थानीय तह नखुलेका तीन छन । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १८ हजार ३८४ पुगेको छ । हालसम्म १० हजार १७९ जना डिस्चार्ज भएका छन् ।

विहीबार जम्मा ४४२ जनाको पीसीआर परीक्षण भएको थियो । यसअघि दैनिक एक हजार भन्दा बढी पीसीआर परीक्षण हुँदै आएको थियो । सरकारी तथा निजी गरेर प्रदेशभर जम्मा आठवटा ल्याबमा पीसीआर परीक्षण हुने गरेको छ ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved