बिपि प्रतिष्ठानको बेथिती प्रति धरानका नागरीक समाज तथा राजनितिक दलको ध्यानाकर्षण, बिपि सुधार दबाब समूह गठन

  • कार्तिक १३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरान स्थित विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको बेथिती प्रती सामाजिक संजालमा गुनासो बढ्न थालेपछी धराने नागरिक समाज तथा राजनितिक दलको ध्यानाकर्षण भएको छ ।

कोरोनाको संक्रमण बढ्दै जादा पनि धराने जनताले नै उपचार पाउन नसके पछि प्रतिष्ठान प्रती स्थानियले चर्को आलोचना गर्न थालेका छन् । प्रतिष्ठान परिषरमा निर्माण गरिएको कोभिड अस्पतालमा सामान खरिद प्रकृया मा चर्म भ्रष्ट्राचार भएको गुनासो आएको छ । कोभिड अस्पतालमा प्रयोग गरिएका भेन्टिलेटर बिग्रेका छन भने अक्सिजन समेत पाउन सकेका छैनन् ।

वेथितिको गुनासो सुनिन थाले पछि धरानका स्थानियबासि , नागरीक समाज तथा राजनितिक दलहरु ले सामुहिक छलफल गरेका छन् । कोभिड अस्पतालको ब्यबस्थापन तथा सञ्चालनमा भ्रष्ट्राचार भएको जनगुनसा तथा नव नियुक्त उपकुलपतिको कार्यशैलि तथा उनका काम कार्बाही प्रति गुनासो तथा विभिन्न समयमा प्रतिष्ठानको व्यथिति बढ्दै गएको छलफलले निष्कर्ष निकालेको छ ।

सर्बदलिय छलफलले सुनसरी उद्योग बाणिज्य संघका अध्यक्ष गिरिधारी सापकोटाको अध्यक्षतामा १ सय १ सदस्यीय विपी प्रतिष्ठान सुधार दबाब समुह गठन गरेको छ । समुहले समग्र प्रतिष्ठानको सुधारको लागि पहल गर्ने जनाएको छ । समुहमा धरानमा रहेका सामाजिक संघसंस्था, नागरिक समाज, हरेक वडाका अध्यक्षहरु, स्थानीय बुद्धिजिवि, राजनीतिक दल, पत्रकारहरु सामेल छन् ।

समितिका सदस्य सचिवमा अभियन्ता एवं पत्रकार महेश श्रेष्ठ रहेका छन् । यस्तै, समुहको ९ सदस्यीय स्टेरिङ कमिटि पनि गठन भएको छ । जसमा अध्यक्ष सापकोटासँगै सदस्य सचिव श्रेष्ठ, प्रा।डा।राजेन्द्र शर्मा, किसोरकुमार कार्की, सुजेन्द्र तामाङ, ताजुब लिम्बु, सञ्जुहांग लिम्बु, सविता राई र चेतना सेरेङ रहेका छन् ।
धरान स्थित विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चर्म भ्रष्ट्राचार तथा वेथितिको गुनासो सुनिन थाले पछि धरानका स्थानियबासि , नागरीक समाज तथा राजनितिक दल जुर्ममुराउन थालेका छन् ।

प्रतिष्ठानले निर्माण कोभिड अस्पतालको ब्यबस्थापन तथा सञ्चालनमा भ्रष्ट्राचार भएको जनगुनसा तथा नव नियुक्त उपकुलपतिको कार्यशैलि तथा उनका काम कार्बाही प्रति गुनासो तथा विभिन्न समयमा प्रतिष्ठानको व्यथितिका बारेमा समाचारहरु प्रकाशित भए पछि सरोकारवलाहरुको ध्यानाकर्षण भएको हो ।

सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरिधारी सापकोटाको अध्यक्षतामा आज ड्रिमल्याण होटलमा बसेको सर्वदलीय बैठकले सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरीधारी सापकोटाको अध्यक्षतामा १ सय १ सदस्यी विपी प्रतिष्ठान सुधार दबाब समुह गठन गरेको छ । समुहले समग्र प्रतिष्ठानको सुधारको लागि पहल गर्ने जनाएको छ । समुहमा धरानमा रहेका सामाजिक संघसंस्था, नागरिक समाज, हरेक वडाका अध्यक्षहरु, स्थानीय बुद्धिजिवि, राजनीतिक दल, पत्रकारहरु सामेल छन् ।

समितिका सदस्य सचिवमा अभियन्ता एवं पत्रकार महेश श्रेष्ठ रहेका छन् । यस्तै, समुहको ९ सदस्य स्टेरिङ कमिटी पनि बनाएको छ । कमिटिमा अध्यक्ष र सदस्य सचिब सहित प्रा।डा। राजेन्द्र शर्मा, सुजेन्द्र गोले, ताजुब लिम्बू, सन्जुहाङ लिम्बू, सबिता राइ र चेतना श्रेङ रहेका छन् ।
समिति सदस्य समेत रहेका प्रा।डा। राजेन्द्र शर्माका अनुसार नब गठित सुधार दबाब समितिको शनिबार बस्ने बैठकले आगामी रणनिति तथा योजना बनाउने तय गरिएको छ ।

उनले भने , “ नागरिक अवज्ञा आन्दोलन कसरी गर्ने रु ,विपीका सुविधाहरुलाई कसरी सुधार्ने , स्थानिय ,प्रदेश र संघीय सरकार सग कसरी समन्वय गर्ने जस्ता सबै कार्यक्रमहरु शनिबार बन्छन। ”

उनले थपे,“ वडा स्तरीय अक्सीजनको समेत व्यवस्था भएको आइसोलेसन निमार्ण गर्न दबाब समुहले पहल गर्ने, संसद बिकास कोष सभामुख बिकास कोष बाट पहल गरेर कम्तीमा एउटा वडामा दुई वटा अक्सीजन मेसीन , भेण्टीलेटर राख्ने , वीपीका समस्याहरुलाई दिर्घकालीन रुपमा कसरी सुधार गर्ने , ऐनमा के के सुधार गर्न जरुरी छ यीनै कुराहरुलाई सुधार गर्न कार्यक्रमहरु लिएर जाने भन्ने कुरा भएको छ । ”
ब्ब

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved