वीपीमा २ जना कोरोना संक्रमितको मृत्यु

  • असोज २८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / धरान वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मोरङको बेलबारी १० का ३७ बर्षीय युवा र इटहरी –६ का १ जना वृद्धको कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका अनुसार वृद्ध मधुमेहका विरामी थिए । प्रतिष्ठानका सहप्रवक्ता डा।आशिष श्रेष्ठका अनुसार युवाको सोमबार साँझ ६ बजेर ४५ मिनेटमा र वृद्धको आज विहान ४ बजे मृत्यु भएको हो ।

युवाको असोज २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने वृद्धको असोज २४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । मृतक युवाको अन्य दीर्घरोगबारे जानकारी नभएको प्रतिष्ठानले जनाएको छ । मृतकको शव नियमअनुसार व्यवस्थापन भइरहेको पनि प्रतिष्ठानले जनाएको छ।

 

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved