स्वास्थ्य सुरक्षा पालना गराउन अनुगमन गरिने

  • असोज २६, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । लकडाउन खुल्ला भए सँगै बढ्दै गएको कोरोना संक्रमण नियन्त्रणका लागि धरान उपमहानगरपालिकाले स्वास्थ्य प्रोटोकल पालनाको अनुगमन गर्ने भएको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोखरेलको उपस्थितीमा भएको बैठकमा नागरिकहरु सचेत नभएकै कारण कोरोना संक्रमण फैलिदै गएकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गराउन अनुगमन गर्ने निर्णय गरिएको छ । मंगलबार देखि अनिवार्य रुपमा स्वास्थ्य प्रोटोकल पालना गराउन अनुगमन गर्ने निर्णय गरिएको धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले बताए ।

उपमेयर मञ्जु भण्डारी सुवेदीको नेतृत्वमा मंगलबार देखि अनुगमन गरिने भएको छ । स्वास्थ्य प्रोटोकल अनुसार माक्स नलगाएको, दुरी कायम नगरेको, सेनिटाइज वा हात धुने व्यवस्था नभएको बारे अनुगमन हुने उनले बताए । उल्लंघन गरिएको पाइए सय रुपैया जरिवाना गर्ने पनि निर्णय भएको छ । अनुगमन टोलीमा इलाका प्रशासन, इलाका प्रहरी, सशस्त्र, उद्योग वाणिज्य संघ सहितको टोलि रहने छ । बैठकमा होम आइसोलेसनमा भएकाहरुको अवस्था बारेमा पनि अनुगमन गर्नेबारे छलफल भएको थियो । तर, यसबारेमा निर्णय भने नभएको मेयर राईले बताए ।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved