धनकुटामा पहिरो पिडितलाई घर पुननिमार्णका लागि सिफारिस

  • असोज २६, २०७७
  • "सन्तोष रुचाल"
alt

धनकुटा/ अविरल वर्षाको कारण पहिरोमा परी पूर्ण रुपमा क्षति भएका ४१ घर पुनर्निर्माणको लागि सिफारिस भएको छ ।
जिल्ला विपत व्यवस्थापन समिति धनकुटाकोे बैठकले जिल्लाभरीबाट निवेदन आएका मध्ये प्रक्रिया पुगेकाहरु पहिलो चरणमा सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले पहिरोले पुरिएर ज्यान गुमाएका एक जना मृतक परिवारलाई राहतका लागि सिफारिस गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमलीले बताए । जिल्लामा विपद्का घटना साना ठूला गरी २ सय ५७ वटा निवेदन आएका थिए । कतिपय कागजात नपुगेकाले छुट भएका पूर्ण रुपमा घर क्षति भएका पीडितहरुको प्रक्रिया पु¥याई पुनः अर्को पटक सिफारिस गर्ने निर्णय भएको छ । सो बैठकलाई प्रतिनिधिसभाका सदस्य राजेन्द्रकुमार राईले विपतमा परी पीडित भएकाहरुलाई निष्पक्ष ढंगबाट राहत उपलब्ध गराउनु पर्नेमा जोड दिए ।

विपतमा परी पूर्ण रुपमा क्षति भई पीडित भएकाहरुलाई जिल्ला प्रशासन कार्यालय धनकुटाले राहत स्वरुप तत्कालका लागी परिवार सख्या हेरेर १५ हजारदेखि २० हजार रुपैयाँसम्म वितरण गरेका थिए । सो अवसरमा जिल्ला आयोजना कार्यान्वयन इकाई धनकुटाका शम्भुप्रसाद पाण्डेले प्रस्तुत गरेको जिल्लाका ७ वटा विद्यालय पुनर्निर्माणका लागि सूचीमा दर्ता गर्ने निर्णय गरिएको थियो । सो अवसरमा अमेरिका रेडक्रस सोसाईटीको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाईटी धनकुटा शाखाद्वारा प्रकाशित जिल्ला विपत पूर्व तयारी तथा प्रतिकार्य योजना २०७७ नामक पुस्तकको प्रतिनिधिसभाका सांसद राजेन्द्रकुमार राई, प्रदेशसभाका सदस्यहरु इन्द्रमणि पराजुली, निरन राईले संयुक्त रुपमा विमोचन गरेका छन् । 

सो अवसरमा १ नम्बर प्रदेश सभाका सदस्य कुसुम कुमारी श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख टंक चुवान, धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, महालक्ष्मी नरपालिकाका प्रमुख पर्शुराम नेपाल, उपप्रमुख मञ्जु अधिकारी, पाख्रिवास नगरउपप्रमुख देवकला तिम्सिना, सहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राई, छथरजोरपाटीका शेरबहादुर राई, चौबिसेका खजिन्द्र राई लगायतले वास्तविक पीडितहरुलाई राहत उपलब्ध गराउनु पर्नेमा जोड दिएका थिए ।

बैठकमा बरख गण सल्लेरी ब्यारेकका गणपति कर्णेल भगवान थापा, जिल्ला प्रहरी कार्यालयका एसपी गोविन्द अधिकारी, सशस्त्र प्रहरी बल ६ नम्बर गुल्म छिन्ताङ्गका गुल्मपति डिएसपी रामचन्द्र श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका प्रमुख तुलसी कटेल लगायतको सहभागिता रहेको थियो ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved