धनकुटा / कोरोना भाइरस संक्रमित धनकुटाकी एक वृद्धको आज विहान मृत्यू भएको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत ६५ वर्षीया बृद्धाको मृत्यू भएको हो ।
धनकुटा नगरपालिका–३ निगालेकी वृद्धाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचारको क्रममा मृत्यू भएको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी गुरागाँईले पुष्टि गरे । उनी पहिलेदेखि नै दिर्घ रोगबाट पीडित रहेकी थिईन् । धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसीआर परिक्षण गराउँदा उनको एकहप्ता अगाडी कोरोना पोजेटिभ देखिएको थियो ।
कोरोना भाइरसको संक्रमणबाट धनकुटाका मृत्यू भएको यो पहिलो घटना हो । यसबीच मृत्तकको ६७ वर्षीय श्रीमान्मा पनि कोरोना संक्रमण देखिएको छ । उनलाई कोरोना पोजेटिभ देखिएपछि अहिले उनी धनकुटा नपा–६ औधोगिकग्राममा स्थापना गरिएको आइसोलेसनमा छन् । धनकुटामा अहिलेसम्म ६० जनामा कोरोना संक्रमण देखिएको छ भने ४५ जना कोरोना मुक्त भएर घर फर्किसकेका छन् ।