अन्यौलमा शैक्षिक संस्था " स्थानीय तहले खोल्ने अनुमती, प्रशासनको बन्द गर्न निर्देशन"

  • असोज ११, २०७७
  • "भगीरथ भण्डारी"
alt

इलाम । इलामका स्थानीय तहले एक साता अघि विद्यालय खोल्ने निर्णय गर्यो । तर स्थानीय तहहरुले विद्यालय सञ्चालन गर्ने निर्णय गरेको साता नवित्दै प्रशासन कार्यालयले विद्यालय सञ्चालन नगर्न निर्देशन जारी गरेको छ । स्थानीय तहको निर्णयपछि कतिपय विद्यालले पठन पाठन थालेका थिए । तर, जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै अर्को निर्णय नभएसम्म विद्यालय नखोल्न भनेको छ ।

अर्को सूचना नआएसम्म शैक्षिक संस्थाहरु सञ्चालन नगर्नु भनेर सरकारले गरेको निर्णय अनुसार शैक्षिक संस्था खोल्न नपाउने प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाइले बताए । उनले भने ‘सरकारको निर्णय विपरित स्थानीय तहले काम गर्दा केही भए त्यसको जिम्मा कसले लिन्छ भन्दै संक्रमण रोग नियन्त्रण ऐनको प्रयोग गरेर भएपनि सरकारले सञ्चालन नगर्नु भनेका संस्था या व्यवसायलाई बन्द गर्ने छौँ ।’

इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत भने सरकारकै निर्णय अनुसार विद्यालय सञ्चालन गर्ने निर्णय गरेको बताउँछन् । उनले भने, ‘मन्त्री परिषदले पारित गरेको वैकल्पिक सिकाई निर्देशीका अनुसार परिस्थिति अनुसार विद्यालय चलाउने निर्णय गरेका हौ ।’ कोरोना संक्रमणको कारण करिब ७ महिनादेखि बन्द रहेका केही विद्यालयले आइतबारदेखि पठन पाठन थालेका थिए । स्थानीय तहले विकल्प सहितको कार्ययोजना पेश गरेर विद्यालय सञ्चालन गर्न निर्देशन दिएपछि केहीले पठन पाठन थालेका थिए भने अधिकाशं संस्थागत विद्यालयहरुले विद्यालय खुलाउने तयारी गरेका थिए ।

जिल्लाको इलाम, सुर्योदय, देउमाई र माई नगरपालिका यस्तै चुलाचुली र माइजोगमाई गाउँपालिकामा असोज पहिलो साताबाट नै पठनपाठन सुरु गरेका थिए । स्थानीय तहले विद्यालय खुलाउने र प्रशासनले बन्द गर्ने सूचना जारी गरेपछि विद्यार्थी अविभावक शिक्षक दोधारमा परेका छन् ।

सुर्योदयमा सामुदायिक ६४, सस्थागत २९ र धार्मिक २, देउमाईमा सामुदायिक ५०, सस्थागत १३, बाल विकास केन्द्र २ र धार्मिक १, इलाममा सामुदायिक ४९, संस्थागत १३, माईमा सामुदायिक ४४, सस्थागत १४ रहेका छन् । यस्तै माइजोगमाइमा सामुदायिक ३३, सस्थागत ८ र धार्मिक २, सन्दकपुरमा सामुदायिक २६, सस्थागत ३ र धार्मिक २, चुलाचुलीमा सामुदायिक २१, सस्थागत ६, फाकफोकथुममा सामुदायिक ४१, सस्थागत ८ र धार्मिक १, रोङ्गमा सामुदायिक ३०, सस्थागत २, माङ्गसेबुङ्गमा सामुदायिक ३२, सस्थागत ४, धार्मिक १ गरी जिल्लाका १० स्थानिय तहमा कुल विद्यालय ५०१ रहेको छ । जसमा ८६ सस्थागत छन् भने ९ वटा धार्मिक र २ बालविकास केन्द्र रहेका छन् ।

मोटरसाइकलको ठक्करबाट ...

मोरङ/ मोरङको ग्रामथान गाउँपालिकामा मोटरसाइकलको ठक् ...

२८ किलो गाँजा र बियर ...

सुनसरी/ मोरङको जहदा गाउँपालिकामा सफारीभित्र लुकाएर ल्या ...

मलद्वारमा लुकाएर ल्य ...

सुनसरी/लागूऔषध लुकाएर ओसारपसार गरेको आशंकामा सुनसरीको इ ...

घरको भान्सा कोठाको स ...

सुनसरी/सुनसरीको बराहक्षेत्रमा घरभित्र लुकाएर राखिएको एक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved