विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईन्द्रमणि पोखरेलहित दुई जना वडाअध्यक्षमा कोरोना संक्रमण देखिएको छ ।
पोखरेलको स्वाब परीक्षण रिर्पोट आइतबार पोजेटिभ आएको हो । महानगरका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले पोखरेललाई संक्रमण पुष्टि भएसंगै उनी होम आइसोलेसनमा बसेको जानकारी दिएका छन ।
विराटनगर महानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष कुमार पोखरेल र ५ का वडाध्यक्ष मीनकुमार आचार्यलाई पनि कोरोना देखिएको छ । प्रमुख प्रशासकीय अधिकृतलाई कोरोना पुष्टि भएसंगै महानगरले अति आवश्यकबाहेकका सेवा पाँच दिन बन्द गर्ने निर्णय गरेको छ ।
विराटनगरमा कोरोनाबाट १७ जनाको मृत्यु भएको छ । अहिलेसम्म १ हजार ३ सय ६४ जनामा संक्रमण पुष्टि भएको छ । ३५० जनाले कोरोना जितेर घर फर्किएका छन ।