इलामको कृर्षिमा ६ करोड ७२ लाख अनुदान

  • भदौ २८, २०७७
  • "भगीरथ भण्डारी"
alt

इलाम / इलामको कृर्षिलाई व्यवसायिक बनाउनको लागि आर्थिक वर्ष ०७६÷७७ का लागि इलाममा छ करोड ७२ लाख अनुदान रहेको छ । जिल्लाका १० स्थानिय तहको कृषिबाली र किसानलाई व्यवसायी बनाउनको लागि सरकारले चालु आर्थिक वर्षमा ६ करोड ७२ लाख अनुदान आएको हो । चालु आर्थिक वर्षका लागि प्रदेश सरकारको तीन करोड ४६ लाख र संघिय सरकारकोे तीन करोड २६ लाख गरी कुल छ करोड ७२ लाख रुपैँया बराबरको अनुदान दिएको कृषि ज्ञान केन्द्र इलामका बाली संरक्षण अधिकृत हेमराज पन्तले जानकारी दिए । कृषि पेशामा आबद्ध किसानका लागि प्रदेशका अनुदानमा ७५ प्रतिशत र संघका अनुदानमा ५० प्रतिशत छुटमा सरकारले अनुदान रकम उपलब्ध गराउने केन्द्रका अधिकृत पन्तले बताए ।

उनले भने “जिल्लाका प्रत्येक स्थानिय तहमा विभिन्न नगदेबालीका लागि अनुदान उपलब्ध गराइने उनको भनाई छ ।” जसमध्ये प्रदेश अनुदानमा पर्ने कार्यक्रमहरु, मागमा आधारित कृषि व्यवसाय प्रवद्र्धन कार्यक्रम (कृषि विकास कार्यक्रम) मा पाँच लाख, कागती खेती मिसन कार्यक्रम (अन्य) मा १२ लाख, किबी खेती प्रवर्धन कार्यक्रम (अन्य) मा २५ लाख, व्यवसायिक फलफूल बगैँचा स्थापना सहयोग (अन्य) मा ३० लाख, मुख्य राजमार्ग लक्षित तरकारी उत्पादन कार्यक्रम (अन्य) मा १५ लाख, कफी खेती विस्तार कार्यक्रम (अन्य) मा २५ लाख,

बीउ विजन आत्मनिर्भरका कार्यक्रम पहिलो वर्ष (अन्य) दुई लाख, बीउ विजन आत्मनिर्भरका कार्यक्रम दोस्रो वर्ष (अन्य) १८ लाख, सघन बाली विकास आयोजना (धान, मकै, गहुँ) दोस्रो वर्ष (अन्य) २० लाख, महिला दलित विपन्न तथा पिछडिएको समुदाय लक्षित कार्यक्रम (अन्य) १० लाख, युवा लक्षित च्याउ मह तरकारी उत्पादन कार्यक्रम (अन्य) ३० लाख, सघन बाली विकास आयोजना (धान, मकै, गहुँ) तेस्रो वर्ष (अन्य) पाँच लाख, नमुना कृषि फार्म स्थापना सहयोग (बागमानी विकास खर्च) ४९ लाख,

आलु भण्डारणको लागी रष्टिक स्टोर भण्डार निर्माण (निजी,सरकारी, सरकारी साझेदारीमा) (बागवानी विकास खर्च) मा १० लाख, कृषि बजार तथा संकलन केन्द्र निर्माण (निजी, सहकारी, सरकारी) मा २० लाख र कृषि यान्त्रीकरणका लागि औजार उपकरण प्रयोग प्रवद्र्धन कार्यक्रम (बागवानी विकास खर्च) मा ७० लाख रुपैँया रकम गरी कुल तीन लाख ४६ लाख रुपैँया रकम अनुदानका लागि नेपाल सरकारले स्थानिय तहलाई उपलब्ध गराएको छ ।

यस्तै संघ अन्र्तगत भने कृषि विभाग प्राङ्गारिक कृषि प्रवद्र्धन मिशन कार्यक्रम (सशर्त अनुदान) मा एक करोड ७० लाख, पुरानो ब्लक विकास कार्यक्रमको निरन्तरता (अन्य) मा ८१ लाख र नँया ब्लक विकास कार्यक्रम (अन्य) मा ७५ लाख रुपैँया गरी कुल तीन करोड २६ लाख रुपैँया रकम अनुदानका लागि छुट्याइएको कार्यलयले जानकारी दिएको छ । पुराना छ र नँया तीन गरी हाल इलाममा ९ वटा ब्लक सञ्चालनमा रहेका छन् । यस अनुदानका लागि हरेक पालिकाका किसानलाई आगामी असोज दोस्रो साताबाट आवेदन भर्न सूचना जारी गरिने कार्यलयले जानकारी दिएको छ ।

आवेदन इच्छुक कृषक समूह, कृषि सहकारी संस्था, व्यवसायिक फर्म, कम्पनी, नीजी उद्यमी र व्यवसायीहरुले दिन पाउने बताइएको छ । प्रस्तावक संस्था वा निकायले एक मात्र बाली विशेषमा प्रस्ताव पेश गर्न पाउने कार्यलयले जानकारी दिएको छ । आर्थिक वर्ष ०७५÷७६ मा ११ करोड २० लाख २५ हजार रुपैँया रकम अनुदान सरकारले किसानलाई दिएको थियो ।

३० दिनभित्र अनुभूति ...

विराटनगर/ गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशका सुर ...

युवतीको बलात्कारपछि ...

काठमाडौं/  काठमाडौंको बागबजारस्थित एक गेस्ट ह ...

कोशी बाल सुधार गृहबा ...

मोरङ/ विराटनगर–३ स्थित कोशी बाल सुधार गृहबाट ...

धरानमा तरुण दलको अधि ...

धरान/  नेपाल तरुण दल प्रतिनिधिसभा क्षेत्र नं. ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved