इटहरी । सुनसरीको इटहरीमा बुधबार बिहान १२ जना कोरोना संक्रमित थपिएका छन । गत भदौ २० गते स्वाव संकलन गरी ल्याव पठाइएकोमा बुधबार प्राप्त रिपोर्ट अनुसार १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा थपिएका १२ जना संक्रमितहरूमा इटहरी वार्ड नं १२ का १ जना ९ ३७ वर्षिय परुष, इटहरी १३ का १ जना९ ३७ वर्षिय पुरुष,इलाका प्रहरी कार्यालय इटहरी का २ जना २६ र ३९ वर्षिय पुरुष, २०७७ भदौ२१ गते स्वाब संकलन गरेको मध्ये इटहरी १० का ६ जना ९ ३८,४३,४४ वर्षिय महिला र ४०, १६, ५३ वर्षिय पुरुष, इटहरी १३ बाट १ जना ४४ बर्षीय महिला र इटहरी २० का१ जना २६ बर्षीय पुरुष रहेका छन । यो संगै इटहरीमा कोरोना संक्रमित हुनेहरूको संख्या २ सय ७९ पुगेको छ ।
यसैबिच इटहरीमा कोरोना निको भएर घर फर्कनेहरूको संख्या पनि क्रमश उकालो लाग्दै गएको छ । उपचारपछि कोबिड १९ को संक्रमणलाइ जितेर घर फर्कनेहरूको संख्या कुल ८४ पुगेको छ ।
धनकुटा घर भएकि इटहरी ४ मा बसोबास गर्दै आएकि प्रदेश १ कि प्रदेश सांसद कुसुम श्रेष्ठ सहित इटहरी ६कै ८१ वर्षीय ज्येष्ठ नागरिक मयरमान श्रेष्ठ कोरोना निको भएर घर फर्किएका छन ।