बीपी जयन्तीका अवसरमा मोरङ कांग्रेसको चार दिने कार्यक्रम

  • भदौ २२, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । मोरङ कांग्रेसले चार दिनसम्म विविध कार्यक्रम गरी बीपी जयन्ती तयारी गरेको छ ।
पार्टीको विराटनगरमा उपलब्ध पदाधिकारी तथा जिल्ला सदस्यहरुको सहभागी भएको बैठकले बीपी जयन्ती मनाउने निर्णय गरेको पार्टी सचिव नागेश कोइरालाले जानकारी दिए ।

भदौ २४, २५,२६ र २७ गते चार दिनसम्म बीपी जयन्ती मनाउने निर्णय गरिएको बताउँदै कोइरालाले भने,“पहिलो दिन बीपीको सालिक भएको स्थानमा माल्यार्पण गरिने छ । लेटाङ र बीपी सेवा केन्द्रमा मनाइने कार्यक्रममा भौतिक दूरी कायम गर्दै सीमित कांग्रेस कार्यकर्ताहरु सहभागी हुनु हुनेछ ।” त्यसको भोलिपल्ट मोरङका १७ स्थानीय तहका सभापति तथा पदाधिकारीसंग भर्चुअल छलफल गरिने कोइरालाले बताएका छन ।

२६ गते ६ वटा क्षेत्रमा क्षेत्रीय सभापतिहरुको सहभागितामा जुम मिटिङ गर्ने र २७ गते जिल्ला कार्यसमितिको बैठक गर्ने कांग्रेसले निर्णय गरेको बताइएको छ । स्थानीय तहसंगको कार्यक्रमको समन्वय उपाध्यक्ष भक्तिनाथ माझी, दोस्रो कार्यक्रम उपसभापति शिवनारायण सिंह गन्गाईले समन्वय गर्ने बताइएको छ । कांग्रेस जिल्लाको कार्यक्रमको समन्वय भने सचिव नागेश कोइरालाले गर्ने र पार्टी सभापति डिबहादुर लिम्बू प्रमुख अतिथि रहने छन ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved