प्रदेश १ मा १ सय ५५ संक्रमित थपिए, ५२ जना डिस्चार्ज

  • भदौ २२, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर, २२ भदौ । प्रदेश १ मा आज १ सय ५५ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमणमा यो अहिले सम्मकै उच्च हो । मोरङमा ६७, सुनसरीमा ६६, झापामा १५, पाँचथरमा ६ र उदयपुरमा १ जनामा संक्रमण देखिइको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा आज ५१ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएका मध्ये २० महिला र ३१ पुरुष छन् । मोरङको रतुवामाईमा ५ पुरुष, बेलबारीमा ५ पुरुष, जहदामा १ महिला २ पुरुष र धनपालथानमा ३ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता सुनसरीको इनरुवामा २४ महिला १८ पुरुष, इटहरीमा ५ महिला १० पुरुष, धरानमा ४ पुरुष, दुहवीमा २ पुरुष, रामधुनीमा १ पुरुष, गढीमा १ महिला १ पुरुष, झापाको कनकाईमा ७ महिला ६ पुरुष, विर्तामोड र बा¥हदशीमा १–१ पुरुष, पाँचथरको फिदिममा ६ पुरुष र उदपुरको बेलकामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार १७७ पुगेको छ । प्रदेश १ मा थप २ जनाको मृत्यु भएको छ । मोरङको विराटनगर र बुढीगंगाका १–१ पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । आज सम्म प्रदेश १ मा मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।

प्रदेश १ मा आज ५२ जना डिस्चार्ज भएका छन् । सुनसरी बराहक्षेत्रको रमानन्द आचार्य सेवा पीठ आईसोलेसन, चतराबाट ३१, वि.जेनरल अस्पताल आईसोलेसन हरिनगरबाट १०, विराट मेडिकल कलेज आईसोलेसनबा ५, कालिसदन आईसोलेसन विराटनगरबाट ४ र मारवाडी सेवा सदन आईसोलेसनबाट १ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा आज सम्म डिस्चार्ज हुनेको संख्या १ हजार ८९६ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved