वीपी प्रतिष्ठानको सहायक डिनमा डा. भावेश कोइराला नियुक्त

  • भदौ १९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान भदौ १९ / वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सहायक डिन डाक्टर भावेश कोइराला नियुक्त हुनुभएको छ । प्रतिष्ठानको नियमावली, २०५५ को नियम १०.२५ को उपनियम (५) र (६) बमोजिम उपकुलपति प्राध्यापक डाक्टर ज्ञानेन्द्र गिरिले कोइरालाई सहायक डिन (परिक्षा) नियुक्त गर्नु भएको हो ।

प्रतिष्ठानका शिक्षाध्यक्ष प्राध्यापक डाक्टर गुरुप्रसाद खनालको सिफारिसमा फर्माकोलोजी विभागका डा. भावेश कोइराला शुक्रबार सहायक डीनको रुपमा नियुक्त भएको प्रतिष्ठानले जनाएको छ ।

नियुक्ती सगै कोइरालाले शुक्रबार वाटै आफ्नो कार्यभार समेत संम्हालेका छन् । गत बैसाख २४ गते मानसिक रोग विभागमा डाक्टर मधुर वस्नेतको कार्यकाल सकिएपछि प्रतिष्ठानको सहायक डिन पद खाली रहेको थियो । गत बुधबार मात्र खालि रहेका प्रतिष्ठानको शैक्षिक डिनमा प्रतिष्ठानको नियमावली, २०५५ को नियम २०.४ को उपनियम (१) बमोजिम प्राध्यापक डाक्टर शिवेन्द्र झालाई लाई शिक्षाध्यक्ष प्राडा खनालको सिफारिसमा उपकुपति पा्रडा गिरिले नियुक्त गर्नु भएको थियो ।
क्याप्सन ः नवनियुक्त सहायक डिन (परिक्षा) डा भावेश कोइरालाई नियुक्ती पत्र प्रदान गर्दे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरि बाँया र साथमा शिक्षाध्यक्ष प्रा.डा. गुरुप्रसाद खनाल दाया ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved