धरान भदौ १८ / धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा उनिहरुको मृत्यु भएको हो । बिहिबार दिउसो प्रतिष्ठानका कोभिड अस्पतालमा भर्ना भएका राजविराज ७ सप्तरीका ५० वर्षिय पुरूष र सोही स्थानकै ७७ वर्षिय पुरुषको दिउसो मृत्यु भएको हो ।
साथै उहाका अनुशार भदौ ७ गते प्रतिष्ठानको मेडिसिन वार्डमा भर्ना भएका उनको कोरोना पोजेटिभ देखिएपछी भदौ ८ गते देखी कोभिड अस्पतालको आइसियुमा उपचार भइरहेका थियो ।
प्रदेश नम्बर २ का दूइ जना सक्रमितको धरानमा ४५ मिनेटको फरकमा मृत्यु भएको छ ।
१.२०वजे प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ती भएका ५० वर्षिय पुरूषको आज दिउँसो २ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता प्राध्यापक डाक्टर निदेश सापकोटाले जानकारी दिनु भयो । प्रतिष्ठानमा हाल सम्म २१ जना कोरोना सक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।