कोरोना संक्रमण शून्य रहेका २ वडामा समेत संक्रमण फैलियो एकै दिन ५७ कोरोना संक्रमीत थपिए

  • भदौ १७, २०७७
  • " तेजबहादुर बन "
alt

इटहरी । कोरोना भाइरसको संक्रमित नभेटिएको इटहरीको चार वटा वडाहरू मध्ये २ वडामा संक्रमण फैलिएसंगै सो क्षेत्रहरू उच्च जोखिममा परेको छ । यस अघि इटहरीको वार्ड नं ३ , १० , १३ र १५ मा एक जना पनि संक्रमण देखिएको थियन।

तर इटहरीको वार्ड नं १३ मा एकै दिन ११ जना पुरूष र वार्ड नं १० को दुइ पुरूषमा कोरोना पोजेटिभ देखिएपछि दुवै वडाहरू संक्रमणको उच्च जोखिममा परेका हुन । बुधबार एकै दिन इटहरीमा ५८ जनामा संक्रमण पुष्टि भएसंगै लामो समयदेखि भाइरसबाट जोगिदै आएको ४ वटा वडाहरूमध्ये १३ र १० पनि जोखिममा परेका छन् ।

अन्य वडाहरुमा संक्रमण फैलिए पनि एक जनापनि संक्रमित पुष्टि नभएको इटहरीको वडा नं १३ मा बुधबार एकैदिन ११ जना पुरूषमा संक्रमण पुष्टि भएपछि सो क्षेत्रमा समुदाय स्तरमै कोरोना फैलिसकेको अनुमान लगाउदै उपमहानगरले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । त्यस्तै यस अघि सम्म संक्रमणको दर सुन्य रहेको वडा नं १० मा पनि दुइजना पुरूषमा कोरोना पुष्टि भए संगै सो क्षेत्रमा पनि उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

बुधबार एकै दिन थपिएका ५८ जना मध्ये ३८ जना इटहरीको खनारस्थित प्रगति टेक्सटाइलमा कार्यरत उद्योगका मजदुरहरू रहेको इटहरी उपमहानगरका जनस्वास्थ्य नीरिक्षक घनश्याम सिग्देलले बताए । टेक्सास उद्याेगमा मा कार्यरत ३८ जना मध्ये अधिकांस इटहरीबाहिरका हुन तर आसपास नै डेरा गरी बसेको र उपमहानगरबाटै स्वाब संकलन गरिएकाेले इटहरीमै गनिएको बुझिएको छ ।

त्यस्तै अन्यमा इटहरी १३ मा ११ पुरुष १ महिला,इटहरी ६ मा ५ पुरुष २ महिला,इटहरी ११ मा ५पुरुष,पाँच नम्वर वडाका२ पुरुष ३ महिला, १२ नम्वर वडाका ३ पुरुष,दश नम्वर वडाका २ पुरुष,सोह नम्वर वडाका १ पुरुष १ महिला,वडा नम्वर १,७ र ८ का एक एक जना पुरुष,इप्रका इटहरी र शशस्त्र प्रहरीका एक एक पुरुष रहेका छन ।

यस्तै दुहवीका ४जना,गढिका ३ जना,विराटनगरका २जना,राजविराजका २ जना,वुढिगंगाका ३ जना,रामधुनी,गछिया र जहदाका एक एक जना छन । यो संगै इटहरीमा कुल संक्रमितको संख्या २ सय १२ पुगेको छ ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved