धरान। समुदाय स्तरमै कोरोना संक्रमण फैलिन थाले पछि सुनसरीमा अहिले सम्मकै धेरै संक्रमीत मंगलबार पुष्टि भएका छन् ।
जिल्ला जन स्वास्थ्य कार्यलय सुनसरीका अनुसार एकै दिन ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संख्या अहिले सम्मकै उच्च रहेको जनस्वास्थ्य कार्यलयकी फोकलपर्सन शिर्जना लिङ्थेपले जानकारी दिइन ।
आज थपिएका सक्रमीत संगै सुनसरीमा ७ सय ६२ जना पुगेका छन ।
उनका अनुसार मंगलबार ११ जना महिला र ४५ जना पुरुष गरी सुनसरीमा थप ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । सोमबार साँझ इनरुवाका २६, इटहरीका २१ र दुहबीका ७ जनामा कोरोना देािखएको थियो । मंगलबार बिहान धरानमा १ महिला र १ पुरुषमा संक्रमण देखिएको छ ।
सुनसरीमा अहिले सम्म देखिएका संक्रमीत मध्ये ३ सय ५० जना कोरोनामुक्त भएका छन् भने ४ सय ७ जना सक्रिय संक्रमित छन् । कोरोनाबाट सुनसरीमा ५ जनाको मृत्यु भैसकेको छ । मृतकहरु सबै धरान उपमहानगरपालिकाका रहेका छन ।