धरान / धरान स्थित विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक जना पुरुषको मृत्यु भएको छ ।
प्रतिष्ठानका अनुसार सिरहा मिर्चैया ६ का ६५ वर्षीय पुरुषको सोमबार राति साढे ९ बजे मृत्यु भएको हो ।
विराटनगरस्थित विराट मेडिकल कलेजबाट भदौं १० गते धरान रिफर गरिएको उनको ९ गते रिपोर्ट पोजेटिभ आएको थियो ।
प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाको अनुसार मृतकमा उच्च रक्तचाप र मुधमेहको समस्या रहेको थियो ।
उनका उनुसार स्वासप्रस्वास समस्या देखिएपछि संक्रमितलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
संक्रमितको शव नियम अनुसार व्यवस्थापन गर्ने तयारी भइरेहेको प्रवक्ता सापकोटाले जनाए ।