विराटनगरमा आईसियू सुविधासहित कोभिड अस्पताल संचालनमा

  • भदौ १५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । प्रदेश १ को राजधान विराटनगरमा निजी क्षेत्रबाट आईसियू र भेन्टिलेटर सुविधासहितको अस्पताल संचालनमा आएको छ ।

महेन्द्र चौक नजिकै ४२ शैयाको जनरल वार्ड, ७ शैयाको आइसियु र २ भेन्टिलेटरसहितको कोभिड अस्पताल संचालनमा ल्याइएको हो । यसको उद्घाटन प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले गरेका छन ।
सरकारले संचालन गरेका अस्पतालहरुमा बिरामीको चाप थेगिनसक्नु भईरहँदा निजीक्षेत्रबाट संचालनमा ल्याइएको अस्पतालबाट थप सेवा प्राप्त हुने अपेक्षा गरिएको छ । सामाजिक विकास मन्त्री घिमिरेले निजीस्तरबाट समेत सेवा शुरु हुनु सकारात्मक भएको बताए ।

विराटनगरमा झण्डै दुई दशकदेखि संचालनमा रहेको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलको विस्तारित शाखा मदर एण्ड चाइल्ड अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गरी संचालनमा ल्याइएको हो ।

विराटनगर र प्रदेशका खासगरी चार जिल्लामा अधिक संक्रमण फैलिएको बेला विराटनगरमा कोभिड अस्पताल संचालनमा आएप्छि बिरामीलाई सहज हुने अपेक्षा गरिएको अस्पतालका निर्देशक राजेश भट्टराईले जानकारी दिएका छन् । भने,“गम्भीर अवस्थामा हुन सक्ने र हाम्रोमा सहज रुपमा सेवा लिनेहरुको लागि कोभिड अस्पताल संचालनमा ल्याएका हौं । हामीसंग पहिल्यै रहेको पूर्वाधारलाई नै प्रयोग गरी अस्पतालको सेवा विस्तार गरेका हौं ।” केही दिनभित्रै कोरोना परीक्षणका लागि पीसीआर परीक्षण प्रयोगशाला समेत स्थापना गरिने भट्टराईले बताए ।

अस्पतालले कोभिडको संभावित बिरामीहरुको लागि प्याकजेजसहितका सेवा शुरु गरेको छ । उदघाटन कार्यक्रममा सहभागी उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले अस्पतालले भेन्टिलेटर सहितको आईसियु बेड संचालनमा ल्याएकोले अकालमै ज्यान गुमाउनु पर्ने अवस्था टर्न सक्ने बताए ।

मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले प्रदेश १ मै प्रतिष्ठित अस्पतालको रुपमा चिनिएको न्यूरोले सेवाग्राहीको चापलाई मध्यनजर गरी सेवा शुरु गर्नु प्रशंसनीय भएको बताए । संक्रमितले घरमै बस्नु पर्ने बाध्यताको केही हदसम्म कम गर्न र सरकारकै काममा सघाउन पु¥याई समुदायमा संक्रमण बढ्न नदिन आफूहरुले प्रयास गरेको बताए ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved