इटहरीले १ सय बेडको आइसोलेसन भवन निर्माणलाई तिब्रता दिइने

  • भदौ १५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका ९ रंगशालामा निर्माणाधीन सय वेडको आइसोलेसन भवनको निर्माणलाई तिव्रता दिएको छ ।

सोमवार उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीको अध्यक्षतामा सुनसरीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख,शशस्त्र र नेपाली सेनाका प्रतिनिधि, उद्योग वाणिज्य संघ समेतको उपस्थितिमा वसेको वैठकले इटहरी ९ रंगशालामा निर्माण भइरहेको आइसोलेसनलाई चाडै संचालनमा ल्याउने गरि काम गरिने निर्णय गरेको छ ।

इटहरीमा संक्रमित वढदै गएकाले लक्षण नदेखिएका संक्रमितहरुलाई राख्नका लागि आइसोलेसन निर्माण थालिएको हो । आइसोलेसन निर्माणका लागि प्रदेश सरकारले २० लाख सहयोग गरेको छ । खानेपानी, विद्युत लगायतका विभिन्न निकायहरुको सहयोगमा खानेपानी र विद्युतिकरणको कार्य भइरहेको छ । आइसोलेसन निर्माण र संचालनमा ठूलो खर्च आवश्यक हुने भएकाले विभिन्न संघसस्था र दाताहरुसँग सहयोगको आग्रह गरिएको छ ।

वैठकमा उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेलले संघको तर्फवाट तीन महिनाका लागि खाद्यान्न समाग्री सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे । गोर्खा वेलफेयरले पाँचसय लिटर क्षमताको पानी टंयाङ्गकी जडान गरिदिएको छ । आइसोलेसन संचालनका लागि प्रमुख द्वारिकलाल चौधरीको अध्यक्षतामा मुल ब्यवस्थापन समिति निर्माण गरिएको छ ।

यसैगरि वडाध्यक्षहरु भूपेन्द्र वरालको संयोजकत्वमा वडाध्यक्षहरु चन्द्र भटटराई, दिपक गौतम, शिव नारायण चौधरी, मणिराम श्रेष्ठ र कार्यपालिका सदस्य गौरी परियार, उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेल, महासचिव पिताम्वर पोखरेल र उपमहानगरका कर्मचारी महेश सुवेदी सदस्य सचिव रहेको उपसमिति गठन गर्ने निर्णय भएको छ । यस अघिनै शिक्षा महाशाखाका अधिकृत फाल्गुनी काफलेको संयोजकत्वको निर्माण समिति सक्रिय छ ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved