अस्पतालमा आएका व्यक्तिको मृत्यु पछि अस्पतालले सेवा रोक्यो, चिकित्सक आइसोलेसनमा

  • भदौ १५, २०७७
  • "भगीरथ भण्डारी"
alt

इलाम कोरोना संक्रमण संग मिल्ने लक्षण भएका एक बिरामीको मृत्यु भएको छ । सन्दकपुर गाउँपालिकाका एक बिरामी स्वासप्रस्वासमा समस्या आएर ज्वरो आएपछि इलाम सदरमुकाम स्थित इलाम एपोलो हस्पिटलमा आइतबार विहान भर्ना भएका थिए ।

शरिरमा अक्सिजनको मात्रा कम देखिएका उनलाई भेन्टिलेटरको आवश्यकता पर्ने भएकाले बिर्तामोड रेफर गरिएको अस्पतालका प्रवन्ध सञ्चालक प्रकाश चापागाईले बताए ।

विर्तामोड लैजादा लैजादै गोदकमा पुगेपछि उनको मृत्यु भएको बताइएको छ । अस्पतालमा आएका शंकास्पद बिरामीको मृत्यु भएपछि इलाम एपोलो अस्पतालले सेवा रोकेको छ ।

उपचारमा संलग्न चिकित्सकहरुलाई समेत आइसोलेसनमा राखिएको चापागाईले बताए । यता इलाम अस्पतालका प्रमुख डा प्रभु शाहाले भने शवको पिसिआर परिक्षण गर्नु नपर्ने प्रतिक्रिया दिए ।

‘शंका मात्रै हो पुष्टि भएको छैन, अरुलाई शंका लाग्यो भने पिसिआर परिक्षण गर्न सकिन्छ, मरेको मान्छेबाट कहिपनि संक्रमण फैलिएको छैन’, उनले भने,‘शंका लाग्यो भने स्कृनिङ्ग गर्दै परिक्षण गर्न सकिन्छ, कोरोना पुष्टि नभएकाले उपचार गरेको अस्पतालका कर्मचारीलाई रेन्डम रुपमा बेला बेला परिक्षण गर्नु उचित हुन्छ ।’ बिरामीको परिवारलाई उनको दाहासंस्कार गर्न र सतर्क रहन आग्रह गरेको डा शाहले बताए ।

 

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved