धरान । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी सहित सुनसरीमा आइतबार १७ जना कोरोना संक्रमित थपिए सँगै सुनसरीमा ६ सय १९ जना पुगेका छन् ।
स्वास्थ्य कार्यालय सुनसरीका जनस्वास्थ्य अधिकृत दीक्षा श्रेष्ठका अनुसार धरान, इटहर र इनरुवाका नागरिकका कोरोना पुष्टि भएको छ ।
कार्यलयका अनुसार धरानमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक सेक्युरिटी सहित ४७ वर्षिय अर्का कर्मचारीमा कोरोना पुष्टि भएको छ भने दुई जना समुदायका रहेका छन् ।
समुदाय स्तरमा धरान १८ का ५२ वर्षिय र धरान १० पुतलीलाईनका ३३ वर्षिय कोरोना संक्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले बताए ।
यस्तै इटहरी उपमहानगरपालिकामा थप ७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । भदौ १० गते गरिएको स्वाब परीक्षणमा ७ जनाको रिपोर्ट पोजेटिभ आएको इटहरी अस्पतालले जनाएको छ । संक्रमित हुनेहरूमा इटहरी–२ का ४२ वर्षीय पुरुष, इटहरी–५ का ३४ वर्षीय पुरुष, इटहरी–६ का ४३ बर्षीया महिला, इटहरी–९ का ११ महिने बालिका, २४ वर्षीय पुरुष, इटहरी–२० का १० वर्षीया बालिका र २० बर्षीया महिला रहेका छन् ।
यसै गरी इनरुवा नगरपालिकामा पनि आज थप ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । इनरुवामा १ महिला र ५ जना पुरुष गरी ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
सुनसरीमा २ सय ५० जना निको भइसकेर घर फर्किएको छ भने सुनसरीमा अहिले सम्म ३ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।