काठमाडौ प्रकाशित/ आज थप ८ सय ८४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
यो सगै नेपालमा संक्रमितको संख्या ३७ हजार ३ सय ४० जना पुगेको छ ।
नेपालमा मृतकको संख्या २०५ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ३ सय १३ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या २० हजार ५ सय ५५ जना रहेका छन् ।
शनिबार काठमाडौंमा १५५, ललितपुरमा १९ र भक्तपुरमा १२ संक्रमित थपिएका छन्।