देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ५ पुग्यो

  • भदौ १३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

 सुनसरी । समुदाय स्तरमै कोरोना संक्रमण बढ्दै गए पछि मृत्यु हुनेको संख्या पनि दिन प्रतिदिन बढ्दै गएको छ ।

शनिबार कोरोना भाइरसको संक्रमणबाट थप १० जनाको मृत्यु भए संगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ५ पुगेको छ । शनिबार पाटन अस्पतालमा उपचार गराई रहेका काठमाडौं र भक्तपुरका दुईजनाको ज्यान गएको छ ।

काठमाडौंकी ५१ र भक्तपुरकी ६२ वर्षीया महिलाको मृत्यु भएको हो ।

कोरोना भाइरसको संक्रमणबाट चितवन मेडिकल कलेजमा दुई जनाको मृत्यु भएको छ ।

आइसियुमा उपचार गराईरहेकी मकवानपुरकी ४९ वर्षिया एक महिला र बाराकी ४७ वर्षिया महिलाको मृत्यु भएको हो ।

त्यस्तै पर्साको वीरगञ्जमा थप तीनजनाको मृत्यु भएको छ ।

वीरगञ्ज हेल्थ केयर अस्पतालका अनुसार ६५ वर्षीया महिलाको नारायणी अस्पतालमा, ४३ वर्षीय पुरुष र ३७ वर्षीय पुरुषको वीरगञ्ज हेल्थ केयरमा उपचारका क्रमा मृत्यु भएको छ ।

त्यस्तै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सिरहाका ८४ वर्षीय वृद्धको मृत्यु भएको छ । पाल्पामा पनि एक महिलाको मृत्यु भएको छ ।

लुम्बिनी मेडिकल कलेजमा उपचाररत तानसेनकी ३० वर्षीया महिलाको मृत्यु भएको हो । कास्कीको पोखरामा पनि थप एकजनाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिकाका ५८ वर्षीय पुरुषको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved