धनकुटामा १३ जना प्रहरी सहित १९ जनामा करोना संक्रमण पुष्टि

  • भदौ १३, २०७७
  • "सन्तोष रुचाल"
alt

धनकुटा, १३ भदौ ÷धनकुटामा १३ जना प्रहरी सहित १९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसीआर परिक्षण गर्दा १९ जनामा कोरोना संक्रमण पूष्टि भएको हो ।

धनकुटाबाट ९५ जनाको पिसीआर परिक्षणको लागि पठाएको मध्ये ४५ जनाको रिपोर्ट आएको छ । जस मध्ये १३ जना प्रहरी र अन्य ६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी गुरागाँईले बताए ।

संक्रमण देखिएका ती सबै पुरुष प्रहरी जवानहरु हुन् । उनीहरु एकमहिनाको अवधीमा विभिन्न स्थानबाट सरुवा भएर धनकुटा आएका थिए । उनीहरु सबै हालसम्म क्वारेन्टाइनमा रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी गोविन्द अधिकारीले बताए ।

कोरोना पोजेटिभ देखिएका मध्ये अन्य ६ जनामा ४ जना नेपाल टेलिकम धनकुटाका कर्मचारीहरु रहेका छन् भने एक जना बैकका कर्मचारी र एक जना सर्वसाधारण व्यापारी रहेका छन् ।

उनीहरु दुबै जना धनकुटा बजारवासी हुन् । धनकुटामा कोरोना भाइरसको संक्रमण देखिएको अहिलेसम्मकै सबैभन्दा बढी संख्या हो । यो सँगै धनकुटाका कोरोना भाइरसको संक्रमणको संख्या ३९ जना पुगेको छ भने १७ जना निको भएर घर फर्किसकेका छन् ।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved