काठमाडौ प्रकाशित/ आज थप ११ सय ११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
यो सगै नेपालमा संक्रमितको संख्या ३५ हजार ५ सय २९ जना पुगेको छ ।
नेपालमा मृतकको संख्या १८३ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ५सय ६९ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या २० हजार ७३ जना रहेका छन् ।
बिहीबार काठमाडौंमा २७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ संक्रमित थपिएका छन्।