बिपिका स्टाफ नर्सको माग सम्बोधन गर्न ५ सदस्यीय समिती गठन, समिती लाई १ हप्ताको समयावधी

  • भदौ १०, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । कोरोना संक्रमितको सम्पर्कमा आएका स्टाफ नर्सहरुको सुरक्षाको लागि बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानले कुनै चासो नदेखाएको भन्दै २ दिन देखि आन्दोलनमा रहेका स्टाफ नर्सको माग सम्बोधन गर्न समिती गठन गरिएको छ ।
१६ बुदे माग सहित आन्दोलनमा रहेका स्टाफ नर्सको समस्या समाधान गर्न प्रतिष्ठानका निर्देशक प्रा।डा। गौरी शंकर शाहको संयोजकत्वमा ५ सदस्यीय समस्या समाधान समिती बनेको हो ।

आन्दोलनरत नर्सिङ स्टाफका प्रतिनिधिहरुसँग बुधबार बिहान प्रतिष्ठानका पदाधिकारीहरुसँग वार्ता भएको थियो । प्रतिष्ठानका प्रवक्ता डा।निदेश सापकोटाका अनुसार समितिमा कर्मचारी प्रशासनका उमेश कोइराला, मेट्रोन उपेन्द्र यादव रहेका छन् भने नर्सिङ स्टाफहरुको तर्फबाट सफला बुढाथोकी र रमा बस्नेत रहेका छन् । समितिले एक साता भित्र समाधान सहितको प्रतिबेदन बुझाउने उनले बताए ।
उपकुलपति डा।ज्ञानेन्द्र गिरीले ज्ञापन पत्र बुझाउन गएको नर्सिङ प्रतिनिधिहरु संगै छलफलमा बसेका थिए । थिए । उपकुलपति सहितका चारै पदाधिकारीहरुबीच छलफलमा आन्दोलनरत नर्सहरुको १३ जना प्रतिनिधिहरु सहभागी थिए । उपकुलपति कार्यालयमा वार्ता भइरहदा बाहिर भने नर्सहरुले धर्ना दिइरहेका थिए ।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved