बिराटनगर बिराटनगरमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै बिराटनगरमा मात्रै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ पुगेको छ ।
बिराटनगर ११ की ४४ वर्षीय महिलाको कोरोना संक्रमण बाट विराट शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलबारराति ८ बजे मृत्यु भएको हो ।
श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि संक्रमित महिलालाई मंगलबार दिउँसो अस्पतालमा भर्ना गरिएको थियो ।
कोशी अस्पतालको प्रयोगशालामा गरिएको स्वाब परीक्षण रिपोर्ट पोजेटिभ आएको केही बेरमै उपचाररत महिलाको मृत्यु भएको विराट शिक्षण अस्पतालका प्रशासन प्रमुख सुधीर राठौरले जानकारी दिए ।
मृतकलाई कोही दिन देखि ज्वरो आउने र उनिमा निमोनियाको पनि समस्या थपिएको विराट अस्पतालका फोकल पर्सन डा पुरु कोईरलाले बताए ।