धनकुटाको चौबिसे गाउँपालिकाले एकहप्ताको लागि सवारी साधन प्रवेशमा रोक

  • भदौ १०, २०७७
  • " सन्तोष रुचाल"
alt

धनकुटा, १० भदौ ÷कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दिन प्रतिदिन बढ्दै गएपछि त्यसको जोखिमलाई रोक्न धनकुटाको चौबिसे गाउँपालिकाले एकहप्ताको लागि सवारी साधन प्रवेशमा रोक लगाएको छ ।

कोरोना संकट व्यवस्थापन समिति (सिसीएमसी) चौबिसेको आकस्मिक बैठकले चौबिसे गाउँपालिकामा आज २०७७ भदौ १० गते १२.०० बजेदेखि भदौ १६ गते १२.०० बजेसम्म एकहप्ताको लागि एम्बुलेन्स, शववाहन र सरकारी सवारी साधन बाहेकका सम्पूर्ण सवारी साधनहरुलाई गाउँपालिका प्रवेशमा निषेध गरिएको चौबिसे गाउँपालिका अध्यक्ष खजिन्द्र राईले बताए ।

एकहप्तासम्म सो गाउँपालिका भित्र कुनै प्रकारका सवारी साधनहरु प्रवेश गर्न पाउने छैनन्–‘गाउँपालिकाद्धारा जारी सुचनामा भनिएको छ ।’

कोरोना संक्रमण भएका जिल्लाहरुबाट खाध्यान्न लगायतका सामग्रीहरु ढुवानी गर्न गाउँपालिकाको अनुमति विना विभिन्न सवारी साधनहरु गाउँपालिका प्रवेश गर्ने गरेका छन् ।

जसका कारण कोरोना भाइरसको उच्च जोखिम बढ्ने देखिएकाले यस गाउँपालिका भित्र भीडभाड कम गरी संक्रमण जोखिम न्यूनिकरण गर्ने उद्देश्यले सिसीएमसीको भदौ ९ गतेको निर्णय अनुसार एकहप्ता सवारी साधन प्रवेशमा निषेध गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जितमान जिमीले बताए ।

कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि धनकुटा जिल्लाभर भदौ ११ गतेसम्म यस अघिदेखि नै निषेधाज्ञा जारी गरिसकिएको छ ।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved