सुनसरी । सुनसरीमा मंगलबार ३१ जना कोरोना संक्रमित थपिए सँगै ४ सय ८५ जना पुगेका छन् भने २ सय ६ जना निको भएर घर फर्किएका छन् ।
२ सय ७९ जना जिल्लाका विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत रहेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार मंगलबार ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय मातहत रहेका विभिन्न स्थानको प्रहरी कार्यालयहरूमा रहेका २१ थुनुवा सहित ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
जनस्वास्थ्य कार्यालयको अनुसार कोसी गाउँपालिकाका ५, देवानगञ्ज गाउँपालिकाका ३, गढी गाउँपालिकाका १, इटहरी उपमहानगरका २, भोक्राहाका ६, इनरुवाका १ र बराहक्षेत्र नगरपालिकाका ३ गरी २१ जना थुनुवा रहेका छन् । यसै गरी इनरुवा नगरपालिका ३ जना, इटहरीका ५ जना र धरान उपमहानगरपालिकाका ३ जना गरी आज मात्रै सुनसरीमा ३१ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य कार्यालय सुनसरीका कोभिड १९ फोकल पर्सन सिर्जना लिङ्थेपले जानकारी दिईन् ।