धरान । समुदाय स्तरमै फैलिएको कोरोना संक्रमित धरानमा १ सय ७ जना पुगेका छन् । मंगलबार थप ३ जनामा कोरोना संक्रमण पुष्टि भए सँगै धरानमा १ सय ७ जना कोरोना संक्रमित पुगेका हुन् ।
केही दिन अघि धरान १७ का आमा छोरीमा कोरोना संक्रमण पुष्टि भएका परिवारकै थप एक जनामा कोरोना पुष्टि भएको हो । ६१ वर्षिय महिलामा संक्रमण पुष्टि भएको छ भने १७ कै थप एक महिलामा कोरोना देखिएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताए ।
यसै गरी धरान १६ बस्ने २५ बर्षीया एक जना बैङ्कका कर्मचारीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनी धरान घर भएर पनि विराटनगरमा बैकमा काम गर्ने गरेको बताइएको छ । विराटनगरमा स्वाब दिएर धरान १६ घर आएको बेलामा हिजो उनमा कोरोना पोजेटिभ रिपोर्ट आएको हो । रिपोर्ट पोजिटिभ आए पछि उनलाई विराटनगरनै लगिएको छ ।