उच्च जोखिममा सेवा दिदै वीपीका स्टाफ नर्स (भिडियो सहित ) " सुरक्षा दिनुको साटो घर जा भन्छ, प्रतिष्ठान"

  • भदौ ८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । अस्पतालमा फ्रन्टलाइनमा बसेर बिरामीलाई सेवा दिने स्टाफ नर्सहरुनै कोरोनाको जोखिममा रहेका छन् । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आइसियुमा रहेका दुई जना कोरोना संक्रमित बिरामीहरुको मृत्यु भए पछि झन उनीहरुमा कोरोना संक्रमणको जोखिममा रहेका छन् ।

दिनहुँ बिरामीहरुको नजिक रहेर काम गरिरहेका उनीहरु ड्युटी सकिए पछि घर जानुपर्छ उनीहरुको घर पनि असुरक्षित नै हुन्छ । उनीहरुको सुरक्षाको लागि सम्बन्धित निकाय मौन रहेको छ । न त प्रतिष्ठानले उनीहरुको सुरक्षा सँगै पिसिआर जाँच तथा क्वारेन्टाइनको व्यवस्था गरिदिएको छ न त नर्सहरुको सँस्थाले नै उनीहरुको लागि कुनै पहल गरिदिएको छ ।

सोमबार (आज) आइसियुमा कार्यरत नर्सहरुले मेट्रोनको कार्यलय अघि धर्ना दिए । यस अघि पनि उनीहरु धर्नामा बसेका थिए । प्रतिष्ठानको आइसियुमा उपचार रहेका बिरामीमा कोरोना संक्रमण पुष्टि भए पछि धर्ना दिएका थिए । स्वास्थ्यसामग्री, क्वारेन्टाइन, पिसिआर टेस्ट गर्ने प्रतिष्ठानले प्रतिबद्धता जनाए पछि काममा फर्किए । तर पुनः आइसियुमै कोरोना संक्रमितको मृत्यु भए पछि फेरी धर्नामा बस्न बाध्य भएका हुन् ।

प्रतिष्ठानको विभिन्न विभागमा कार्यरत नर्सहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । अहिले सम्म ११ जनामा कोरोना देखिइसकेको नर्सहरुको भनाई छ । त्यस पछि गरिएको पिसिआर जाँचबाट कति जनामा कोरोना संक्रमण देखिने टुङ्गो छैन् । स्वाब परिक्षण गरिएका नर्सहरु अझै पनि ड्युटीमा खटिइनै रहेका छन् ।

बिरामीलाई पोजिटिभ देखियो भने चिकित्सकहरुलाई तुरुन्तै क्वारेन्टाइनको व्यवस्था गरिन्छ तर नर्सको लागि कुनै व्यवस्था नभएको आइसियुमा कार्यरत नर्स शैलेश्वरी दर्नाल बताउँछिन् । उनले भनिन्, होम क्वारेन्टाइनमा बस्नुस भन्छ, हामी कोरोना संक्रमित बिरामीको सम्पर्कमा रहेको मान्छे कसरी घरमा गएर बस्ने, कुनै राम्रो व्यवस्था गरिदिएको छैन् ।’

पहिलो कोरोना संक्रमित बिरामी आइसियुमा मृत्यु भए पछि पिसिआर रिपोर्ट आए पनि मात्रै भर्ना गर्न सुझाव दिए पनि कुनै सुनुवाई नहुँदा दोस्रो पटक पनि कोरोना संक्रमित बिरामीको आइसियुमा मृत्यु भएको उनले बताईन् । उनले भनिन्, ‘जब सम्म बिरामीको पिसिआर रिपोर्ट आउँदैन तब सम्म आइसियुमा नल्याउन, कोभिड अस्पताल छ त्यहाँ लैजाउँ भनेको थियो, तर फेरी पोजिटिभ बिरामी ल्याएर राख्यौं । त्यहाका स्टाफहरुलाई प्रोपर प्रोटेक्सन पनि छैन् । ६ जना बिरामी राखिएको ठाउँमा एक जना बिरामीको पोजिटिभ देखियो, कुरुवा पनि आइरहेको हुन्छ, त्यसमा पोजिटिभ आउँछ त्यसको जिम्मेवारी को ?’

वार्डमा पोजटिभ केश आइसक्दा पनि व्यवस्थापन गर्नुको साटो घरमै गएर बस्नु भनेको आइसियुकै नर्स उमिता बस्नेत बताउँछिन् । उनले भनिन्, ‘कहाँ बस्ने, हामीलाई घरमा जा भन्छ, कसरी हामी घर जाने, हाम्रो घर परिवारको जिम्मा को लिने?’

जोखिमको समयमा काम गरिरहँदा पनि पाउने सेवा सुविधाहरु पनि नपाएको करिश्मा अधिकारीको गुनासो छ । उनले भनिन्, अहिले सम्म केही पाएको छैनौं, सेलरी २० प्रतिशतले बढेको भन्यो, अहिले सम्म पाको छैन् । यस्तो जोखिममा काम गरिराख्नु परेको छ, आइसियुमा पोजिटिभ केश देखिएको छ, यस्ता अवश्थामा के गर्ने केही भनेको छैन् । घरबाटै कसरी ड्युटी गर्ने, होम क्वारेन्टाइनमा बस भन्छ कसरी हामी बस्ने ?’

प्रतिष्ठानले केही सम्बोधन नगरे पनि नर्सिङ पेशाकर्मीहरुको साझा सस्था पनि मौन बसेको उनीहरुको गुनासो छ । नेपाल नर्सिङ एशोसियसनका प्रतिष्ठान इकाइ अध्यक्ष उपेन्द्र यादव छन् । यादव प्रतिष्ठानकै मेट्रोन समेत हुन् । तर उनी अहिले सम्म नर्सहरुको समस्या बुझ्न नआएको आइसियुकी नर्स मेरिका घिमिरेले बताइन् । उनले भनिन्, यस्तो सेफटी छ, फेसिलिटी छ भनेर कसैले पनि सोधेको छैन् । मेट्रोन त एक पटक पनि आएको छैन्, आइसियुमा पोजिटिभ भेटिए छ, तिमीहरुको को सेफ्टीको लागि कुरा गर्छु पनि भनेको छैन्, हाम्रो सेफटी, फेमिलीको सेफटीको लागि कसैले पनि केही सोधेको छैन् ।

स्टाफ नर्सहरुको धर्ना दिए पछि मेट्रोन सहित कार्यवाहक निर्देशक डा. विकाश शाहले छलफल भएको थियो । छलफलमा उनीहरुकाले उठाएको मागहरु सम्बोधन गरिने प्रतिबद्धता जनाएको संगिता राईले बताईन् । उनले भनिन्, ड्युटीमा शुरु देखि नै आइसोलेटेड गरिनु पर्छ क्वारेन्टाइनको व्यवस्था गरिनु पर्छ भनेका छौं, बिरामीचै हाइली सस्पेक्टेड छ भने पिसिआरको रिपोर्ट चाहियो उनीहरुलाई कोभिड अस्पतालमा लगियोस, जेनेरलमा भर्ना नगरियोस, सबैको ट्रेस्ट गरिनु पर्यो, भिजिटर, काम गर्ने कर्मचारी, हाम्रो फेमिलाीको पनि टेस्ट गरिनुपर्यो ।’

 

शैक्षिक गौरवको प्रती ...

धरान/  धरान उपमहानगरपालिका वडा नम्बर १ स्थित ...

पाकिस्तानमा आत्मघाती ...

काठमाडौँ/ पाकिस्तानको खैबर पख्तुन्ख्वा प्रान्तमा भ ...

धरानबाट कालाबन्जार त ...

सुनसरी/ विशेष सूचनाको आधारमा प्रहरीले धरानबाट कालाबन्जा ...

असार १५ : धान दिवस र ...

धरान/ असार १५ गते नेपालभर ‘राष्ट्रिय धान दिवस&rsq ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved