प्रहरीमा कोरोना भाइरसको संक्रमण पूष्टि

  • भदौ ८, २०७७
  • "सन्तोष रुचाल"
alt

धनकुटा, ८ भदौं ÷धनकुटाका दुई प्रहरीमा कोरोना भाइरसको संक्रमण पूष्टि भएको छ । धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण गर्दा २५ बर्षीय र ३८ बर्षीय दुई पुरुष प्रहरीमा कोरोना संक्रमण पूष्टि भएको हो ।

उनीहरु भदौ २ गते बिराटनगरबाट सरुवा भएर धनकुटा आएका थिए । विराटनगरबाट संखुवासभा सरुवा भएर गएका प्रहरीलाई कोरोना संक्रमण देखिएपछि कन्ट्राक्ट टे«सिङका आधारमा तीन प्रहरीको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाईएको थियो । जसमध्ये दुई प्रहरीमा कोरोना संक्रमण पूष्टि भएको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी गुरागाँईले बताए ।

संक्रमण पूष्टि भएका प्रहरी जिल्ला प्रहरी कार्यालय धनकुटाको क्वारेनटाईनमा रहेका छन् । यो सँगै धनकुटामा कोरोना संक्रमण पूष्टि हुनेको संख्या २० पुगेको छ । जसमध्ये १७ जना निको भएर घर फर्किएका छन् । एक जनाको बिराटनगरमा उपचार भईरहेको छ । धनकुटाका बाँकी ९० जनाको पीसीआर रिपोर्ट आउँन बाँकी छ ।

मिसेस स्टेट २०२५ का ...

धरान/ विवाहित महिलाहरुलाई लक्षित मिसेस स्टेट, कोशि प्रद ...

धरान र झापाबाट ब्राउ ...

विराटनगर/ धरान र झापा क्षेत्रबाट प्रहरीले लागू औषध ...

“एस.ई.ई. स्पिकर–२०८१ ...

धरान/ माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) दिएर बसेका ...

धरान सहित कोशीमा जमि ...

सुनसरी/ कोशी प्रदेशको राजधानी विराटनगरमा जमिन भासि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved