सरकारको ध्यानाकर्षण गराउँन तरहराका युवाहरु मुख्य स्थानमा आफै सेनिटाइज गर्दै "."

  • भदौ ८, २०७७
  • "तेजबहादुर बन "
alt

इटहरी । कोरोना भाइरसको महामारीले सिंगो राष्ट्र आक्रान्त बनिरहेको बेला सरकारले सचेतनाको नाममा नारा बाहेक केहि गर्न नसकेको भन्दै सरकार लगायत सम्बन्धित निकायको ध्यनाकर्षण गराउदै इटहरी २० तरहराका युवाहरूले बजारका मुख्य स्थानहरूमा आफैं सेनिटाइज गरेर उदाहारण प्रस्तुत गरेका छन ।

सरकारको भर नपरौ आफैं सचेत बनौ भन्ने नारालाइ आत्मासाथ गर्दै तरहराको युवाहरूले सम्भावित संक्रमणको जोखिम क्षेत्र, सार्वजनिक स्थल, प्रहरी कार्यालय, बन कार्यालय, स्वास्थ्य चौकि र संक्रमण भेटिएको स्थान समृद्धिको कार्यालयमा सोमबार बिहान सेनिटाइज गरेका हुन ।

पछिल्लो समय तरहरा क्षेत्रमा पनि संक्रमणको दर बढन थालेपछि सम्भावित जोखिमलाइ मध्य नजर गर्दै सचेतना जगाउन तरहराको मुख्य स्थानहरूमा सेनिटाइज गरिएको युवा अभियन्ता तथा लिवरल सोसाइटीका अध्यक्ष सुवेक्छु देवान राइले बताए । लिवरल सोसाइटिमा आवद्ध भएका युवाहरूले संस्थाको ब्यानर बोकेर सरकार लगायत सम्बन्धित निकायलाइ ध्यानाकर्षण गराउदै तरहरामा सेनिटाइज गरेका हुन ।

२०७५ बैशाखमा स्थापना भएको लिवरल सोसाइटी बिगत २ वर्ष देखि सामाजिक काममा पनि सकृय रहदै आएको छ ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved