इटहरी । कोरोना भाइरसको महामारीले सिंगो राष्ट्र आक्रान्त बनिरहेको बेला सरकारले सचेतनाको नाममा नारा बाहेक केहि गर्न नसकेको भन्दै सरकार लगायत सम्बन्धित निकायको ध्यनाकर्षण गराउदै इटहरी २० तरहराका युवाहरूले बजारका मुख्य स्थानहरूमा आफैं सेनिटाइज गरेर उदाहारण प्रस्तुत गरेका छन ।
सरकारको भर नपरौ आफैं सचेत बनौ भन्ने नारालाइ आत्मासाथ गर्दै तरहराको युवाहरूले सम्भावित संक्रमणको जोखिम क्षेत्र, सार्वजनिक स्थल, प्रहरी कार्यालय, बन कार्यालय, स्वास्थ्य चौकि र संक्रमण भेटिएको स्थान समृद्धिको कार्यालयमा सोमबार बिहान सेनिटाइज गरेका हुन ।
पछिल्लो समय तरहरा क्षेत्रमा पनि संक्रमणको दर बढन थालेपछि सम्भावित जोखिमलाइ मध्य नजर गर्दै सचेतना जगाउन तरहराको मुख्य स्थानहरूमा सेनिटाइज गरिएको युवा अभियन्ता तथा लिवरल सोसाइटीका अध्यक्ष सुवेक्छु देवान राइले बताए । लिवरल सोसाइटिमा आवद्ध भएका युवाहरूले संस्थाको ब्यानर बोकेर सरकार लगायत सम्बन्धित निकायलाइ ध्यानाकर्षण गराउदै तरहरामा सेनिटाइज गरेका हुन ।
२०७५ बैशाखमा स्थापना भएको लिवरल सोसाइटी बिगत २ वर्ष देखि सामाजिक काममा पनि सकृय रहदै आएको छ ।