सुनसरी । सुनसरीको दुहवी स्थित अस्पतालका संचालकमा कोरोना संक्रमण पुष्टि भए पछि अस्पतालनै बन्द गरिएको छ । दुहबि नगरपालिकाको वडा न. ५ स्थित जीवन ज्योती स्वास्थ्य सेवा प्रा.ली.का संचालकमा कोरोना भाइरसको संक्रमण देखिएपछि अस्पताल बन्द गराएको हो ।
शनिबार बिहान अस्पतालका संचालकको रिपोर्ट पोजेटिभ आएपछि दुहवी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विन्देश्वर महतोले अस्पताल बन्द गर्ने निर्देशन दिएको बताए । अस्पतालका संचालक दुहवी वडा नं. ३ का ४३ वर्षीय पुरुषमा कोरोना संक्रमण पाइएपछि अहिले अस्पताल बन्द गरिएको छ ।