धरान । सुनसरीमा शनिबार १७ जना संक्रमित थपिए सँगै ४ सय २७ जनामा कोरोना संक्रमण देखिएका छन ।
स्वास्थ्य कार्यालयका अनुसार शनिबार इटहरीमा ८ जना, धरानमा ५ जना र औरावनीमा ४ जना रहेका छन् । इटहरीमा भदौ २ गते स्वाव पठाएको मध्ये थप ५ जना र ३ गते पठाएको मध्ये ३ जना गरि जम्मा ८ जना नया संक्रमित थपिएका छन ।
संक्रमितहरु इटहरी वार्ड नं ९ का ३ जना महिला र १ जना पुरुष गरि जम्मा ४ जना, १२ नं वडाको १ जना महिला र १ जना पुरुष गरि जम्मा २ जना, ६ नं वडाको १ जना महिला र १४ नं वडाको १ जना पुरुष रहेका छन । इटहरीमा जम्मा संक्रमितको संख्या ७२ पुगेको छ ।