कोरोना संक्रमितलाइ तिरस्कार होइन, आत्मबल बढाउन सहयोग गर्न मेयर तिलक राइको आग्रह

  • भदौ ६, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

 धरान । समुदाय स्तरमै फैलिदै गएको कोरोना संक्रमणले संक्रमीत भएका बिरामीलाई दुर्ब्यबहारको साटो उनिहरुको आत्माबिश्वास बढाउन धरान उपमहानगरपालिकाका मेयर तिलक राइले आग्रह गरेका छन् । बराह ग्रुप तथा बराह ज्वेलरी इण्डष्टृज प्रालीको २६ औ बार्षिक उत्सवको अवसरमा आयोजित सुरक्षा सामग्री बितरण कार्यक्रममा प्रमुख अतिथी समेत रहेका मेयरले कोरोना संक्रमण आफ्नै लाई पनि हुन सक्ने भएकाले तिरस्कार नभै हातेमालो गरेर सहकार्य गर्न आग्रह गरे ।

कोरोना संक्रमण देखिएका बिरामी लाई समाजले गर्ने व्यवहार प्रती दुख ब्यक्त गर्दै उनिहरुको रोग सङ लड्नको लागि आत्मबल बढाउनु पर्ने बताए । उनले भने, `समाजको यो स्थितमा हामी रहनु हुदैन यस्ले भोलि हामी आफनोलाई पर्न सक्छ त्यसकारणले हामीले आफै एउटा सहकार्य गरेर हातेमाले गरेर हामीले सहयोग गर्नु पर्छ ।´ आफनो छिमेकीलाई रोग लाग्यो भने उनलाइ तिरस्कार नगरी एउटा निश्चित दुरीमा बसेर उनिहरुलाइ सहयोग गर्नु पर्ने उनले समाजलाइ आग्रह गरेका छन् ।

उनले भमे,`छिमेकी नै आफ्न्त हुन, दाजुभाई हुन, छिमेकी बाटै त्यस खालको तिरस्कार गर्ने बानि ब्यहोरो गर्ने हो भने हामी के हुन्छौं समाजमा के जान्छ ? त्यस्कारणले गर्दा जुन किसिमको अज्ञानता भइरहेको छ यस्लाई म धरान उपमहानगरपालिकाको तर्फ बाट सबै नागरिकलाई आग्रह गर्न चाहान्छु ।´ निरन्तर खटिरहेका हाम्रा डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीहरुको हौसला बढाउन उनले सुझाएका छन् ।

धरान १५ कि एक नर्समा कोरोना संक्रमण देखिए पछि सामाजिक संजालमा आएको टिप्पणी प्रती दुख ब्यक्त गर्दै उनले भने, `सामाजिकिकरण गर्नु परो, यो यत्तिकै जादैन भनेर बिज्ञहरुले भनिरहनु भाछ, यसलाई पक्रेर कार्वाहि गर्ने पनि हैन यसलाई चाहि आफुले नै निर्मुल पार्नु पर्छ ।´ हामि सबैले सहकार्य गरेर यसलाइ निर्मुल पार्नु पर्ने उनले बताए । कोरोनाबाट पिडित भइरहेकाहरुलाइ अझ पिडित बनायौ भने धरान उपमहानगरपालिका खतरा हुने भएकाले स्वास्थ्यमा सचेत रहन उनले आग्रह गरे ।barah swasthya

मिसेस स्टेट २०२५ का ...

धरान/ विवाहित महिलाहरुलाई लक्षित मिसेस स्टेट, कोशि प्रद ...

धरान र झापाबाट ब्राउ ...

विराटनगर/ धरान र झापा क्षेत्रबाट प्रहरीले लागू औषध ...

“एस.ई.ई. स्पिकर–२०८१ ...

धरान/ माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) दिएर बसेका ...

धरान सहित कोशीमा जमि ...

सुनसरी/ कोशी प्रदेशको राजधानी विराटनगरमा जमिन भासि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved