विराटनगर, रंगेली, बुढीगंगा र कटहरीमा रातिदेखि निषेधाज्ञा जारी

  • भदौ ५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । प्रदेश १ को राजधानी विराटनगरसहित मोरङका चार स्थानीय तहमा निषेधाज्ञा जारी भएको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङले शुक्रबार रातिदेखि जारी हुने गरी विराटनगर,रंगेली नगरपालिकाका चारवटा वडा, कटहरी गाउँपालिकाका पाँचवटा वडा र बुढीगंगा गाउँपालिकाका चारवटा वडामा निषेधाज्ञा जारी भएको जनाएको छ ।

निषेधाज्ञा आज राति १२ बजेबाट सुरु हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी धुव्रबहाुदर खड्काले भने,“ भदौ १० रातिसम्मको लागि १२ निषेधाज्ञा जारी भएको हो ।” विराटनगरका १९ वटै वडा, कटहरी गाउँपालिकाको १,२,३,४, रंगेली नगरपालिकाका ४,५,६ र ७, बुढीगंगा गाउँपालिकाको १,२,३ र ४ नम्बर वडामा निषेधाज्ञा जारी गरेको हो ।

मोरङमा राति ९ बजेबाट हिँडडुल गर्न प्रतिबन्ध लगाइएको छ । कोरोना संक्रमण फैलिएर समुदायस्तरमा गएपछि स्थानीय तहले निषेधाज्ञा जारी गर्न माग गर्दै आएका थिए ।

सहायक प्रजिअ खड्काले निषेधाज्ञाको पालना गर्न सर्वसाधारणमा अपिल गरेका छन । नगरक्षेत्रमा खाद्यान्न, तरकारी, फलफूल, दूधडेरी जस्ता वस्तुका पसल बिहान ९ बजेपछि खोल्न रोक लगाइएको छ । प्रदेश १ मा मोरङमा सबैभन्दा धेरै संक्रमित फेला परेका छन् । संक्रमणको आँकडा हरेक दिन बढ्दो छ ।

 

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved