प्रदेश १ मा आज ८९ जना संक्रमित थपिए

  • भदौ ५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर, ५ भदौ । प्रदेश १ मा आज ८९ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्ये ३८ महिला र ५१ जना पुरुष छन् ।

मोरङमा ४४, सुनसरीमा २९, झापामा ७, इलाममा ४, पाँचथर र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरमा आज २९ जनामा संक्रमित थपिएका छन् । १३ महिला र १६ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । मोरङको कटहरीमा ५ महिला १ पुरुष, सुन्दरहरैचामा ३ महिला ३ पुरुष, धनपालथानमा २ र सुनबर्षीमा १ पुरुषमा संक्रमण पुष्टी भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको दुहवीमा २ महिला १२ पुरुष, इटहरीमा १ महिला ४ पुरुष, बर्जुमा २ महिला २ पुरुष, देवानगञ्जमा १ पुरुष, कोशी गाउँपालिकामा १ पुरुष, धरान, इनरुवा, गढी र बराहक्षेत्रमा १–१ महिलाको रिपोर्ट पोजेटिभ आएको छ ।

झापाको मेचीनगरमा ३ महिला १ पुरुष, विर्तामोडमा १ महिला १ पुरुष, दमकमा १ पुरुष, इलामको सन्दकपुरमा २ महिला २ पुरुष, पाँचथरको फिदिम र उदयपुरको त्रियुगामा १–१ पुरुष, सर्लाहीका २ महिला र सिरहाका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ४८६ पुगेको छ ।

प्रदेश १ मा आज ६९ जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पताल गोठगाउँबाट ४९, वीजनरल अस्पताल हरिनगर सुनसरीबाट १३ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ७ जना डिस्चार्ज भएका छन् ।

डिस्चार्ज भएकामा मोरङका २९, सुनसरीका २५, झापाका ११, इलामका ३ र धनकुटाका १ जना रहेका छन् । प्रदेश १ मा आज सम्म १ हजार २ सय २४ जना डिस्चार्ज भएका छन् ।

मिसेस स्टेट २०२५ का ...

धरान/ विवाहित महिलाहरुलाई लक्षित मिसेस स्टेट, कोशि प्रद ...

धरान र झापाबाट ब्राउ ...

विराटनगर/ धरान र झापा क्षेत्रबाट प्रहरीले लागू औषध ...

“एस.ई.ई. स्पिकर–२०८१ ...

धरान/ माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) दिएर बसेका ...

धरान सहित कोशीमा जमि ...

सुनसरी/ कोशी प्रदेशको राजधानी विराटनगरमा जमिन भासि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved