क्वारेन्टाइन बस्न नमानेका भारतीय सैनिकमा कोरोना पोजिटिभ

  • साउन ३१, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । क्वारेन्टाइनमा बस्न नमानेका एक भारतीय सैनिकको पिसिआर रिपोर्ट पोजिटिभ आएको छ ।
उनी केही दिन अघि भारतबाट आएका थिए । भारतीय सैनिक रहेका उनी आउने बित्तिकै क्वारेन्टाइनमा बसे पनि रिपोर्ट ढिलो आएकाले जबरजस्ती घरकै क्वारेन्टाइनमा बस्ने भन्दै घर आएका थिए । घर फर्किए पनि सुरक्षा नपनाउदा घरका आफन्त सहित छिमेकमा पनि कोरोना संक्रमण फैलिएका हुनसक्ने भएकाले परिवार त्रसित बनेको छ ।

उनको आज बिहान मात्रै रिपोर्ट आएको थियो । क्वारेन्टिन व्यवस्थापन समितिले सम्झाउने प्रयास गर्दा पनि नमाने पछि घरमा क्वारेन्टिन बस्ने, अन्यसँग भेटघाट नगर्ने सर्तमा उनलाई घर पठाइदिएका थिए । रिपोर्ट आउन्जेल सम्म उनी क्वारेन्टाइनमा बस्न नमानेकै कारण अहिले छिमेकी सहित परिवार पनि संक्रमणको जोखिममा रहेका छन् ।
वडा नं १९ स्थित यलम्बर चोकमा उनी फुपु सासुको घरमा भाडामा बस्ने गर्दथे । सोही घरमा अन्य २ परिवार पनि भाडामा छन् भने घरधनीको पनि परिवार बस्छन् । १९ का वडाअध्यक्ष पुर्ण लिम्बुले भने, उनी एन्फा क्वारेन्टिनबाट निस्कने बित्तिकै त्यही नजिकै रहेको ससुरालीतर्फको आफन्तको घरमा पनि गएका थिए । त्यहाँबाट उनले आफन्तको टेम्पोमा चढेर घर आएको भन्ने जानकारी दिएको थिए । उनको कन्टायाक्टमा रहेका सबैको स्वाव परिक्ष्णको तयारी भइरहेको उनले बताए ।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved