मोरङको बुढीगंगामा एउटै उद्योगमा कार्यरत ३० मजदुरमा कोराना

  • साउन २९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोरका एउटा उद्योगमा कार्यरत ३० जना मजदुरमा एकै पटक कोरोना संक्रमण देखिएको छ ।

मोरङको बुडीगंगा गाउँपालिका वडा नम्बर १ मा संचालित आरती आरती स्ट्रिप्स प्रा.लि.मा कार्यरत मजदुरहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । यो उद्योग भारतीय लगानीको हो । यहाँ अधिकांश कामदार भारतीय नै छन् । बुढीगंगा गाउँपालिका विराटनगरको छिमेकी पालिका हो ।

पहिले दुई मजदुरमा कोरोना देखिएको थियो । पछि उपल्लास्तरका एक कर्मचारी र मजदुरसमेत ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बुढीगंगा गाउँपालिकाका अनुसार उद्योगमा कार्यरत डेढ सयभन्दा धेरैको स्वाब परीक्षण गरिएको थियो । हाल उद्योग शिल मजदुरलाई आइसोलेसनमा राखिएको छ । गाउँपालिकाले उद्योग शिल गर्न निर्देशन दिएको छ ।

बुढिगंगा २ का वडाध्यक्ष युवराज पौडेलले संक्रमण समुदायमा नफैलियोस भनेर सचेत रहन उद्योगलाई निर्देशन दिइएको बताए । आरतीमा कर्कट पाता र फलामे डण्डी उत्पादन हुन्छ ।

उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले मजदुरमा संक्रमण त्रासले धेरै उद्योगले उत्पादन कटौती गरेको जानकारी दिए ।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved