इलाममा कन्ट्रयाक टेङसिमा परेका चार जनामा देखियो कोरोनाको संक्रमण

  • साउन २९, २०७७
  • "भगीरथ भण्डारी"
alt

इलाम इलामको सन्दकपुर गाउँपालिकाको चार जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । एक जना जनप्रतिनिधि सहित तीन जना हाइड्रो पावरको कर्मचारीमा कोरोनाको संक्रमण देखिएको हो ।

५० जनाको स्वाब परिक्षण गर्दा ५५ बर्षका जनप्रतिनिधि सहित पञ्चकन्या हाइड्रो पावरको ५०, ३५ र २७ बर्षका कर्मचारीमा कोरोनाको संक्रमण पुष्टि भएको गाउँपालिको स्वास्थ्य शाखाका कोभिड १९ का फोकल पर्सन मनोज धुर्जारले जानकारी दिए । उनीहरुलाई सदरमुकाम स्थित जिससको आइसोलेसनमा राख्ने तयारी भइरहेको धुर्जारले बताए ।

सन्दकपुर गाउँपालिकामा रहेको पञ्चकन्या हाइड्रो पावरको क्यानल पहिरोको जोखिममा परेपछि त्यसको अध्ययनको लागि काठमाण्डौबाट आएको टोलीमा सहभागीमा समेत कोभिड १९ पुष्टि भएपछि सन्दकपुर गाउँपालिकाले एक साताको लागि पालिका क्षेत्र लकडाउनको घोषणा गरेको थियो ।

उनीहरुको कन्ट्रयाक टे«सिङ्गमा परेका व्यक्तिहरुको स्वाब कोभिड परिक्षणको लागि पठाइएको थियो । इलाममा अहिलेसम्म ८१ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

 

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved