धनकुटा निषेधित क्षेत्र घोषणा

  • साउन २९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धनकुटा, २९ साउन / धनकुटा नगरपालिकाका ६ वटा वडामा आज रातिदेखि लागु हुने गरी एक साता निषेधित क्षेत्र घोषणा गरिने भएको छ ।

प्रमुख जिल्ला अधिकारी केशव प्रसाद बिमलीको अध्यक्षतामा बसेको कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो । संक्रमण ऐन २०२० बमोजिम आवत–जावतमा प्रतिबन्ध लगाउन धनकुटा नगरपालिकाको वडा नं. १, ३, ४, ५, ६ र ७ मा साउन २९ गते राति १२ बजेदेखि भदौं ४ गते राति १२ बजेसम्म निषेधित क्षेत्र घोषणा गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमलीले बताए ।

धनकुटाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद कुसुम श्रेष्ठ सहितका व्यक्तिमा कोरोना संक्रमण पूष्टि भएपछि उनीहरुको कन्ट्राक्क ट्रेसिङमा धेरै व्यक्ति परेकाले निषेधित क्षेत्र घोषणा गरेर स्वाब संकलन गर्न लागिएको छ । स्वाब संकलन गरिएका व्यक्तिको रिपोर्ट नआउँदासम्मका लागि आवत–जावतमा प्रतिबन्ध लगाउन निषेधित क्षेत्र घोषणा गर्ने निर्णय भएको हो । निषेधित क्षेत्र घोषणा गरिएको अवधिमा सो क्षेत्रमा अत्यावश्यक काममा बाहेक आवत–जावत गर्न पूर्ण रोक लगाईने छ ।

त्यस्तैगरी कोरोना भाइरसको २ सय भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लाका मानिसहरुलाई धनकुटामा आवागमनमा रोक लगाउने समेत बैठकले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी बिमलीले बताए । प्रदेश सांसद श्रेष्ठ र उनको श्रीमान् सहित अहिलेसम्म धनकुटामा १९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
यता धनकुटा नगरपालिकाले पनि अत्यावश्यक सेवा बाहेकका सबै सेवाहरु एकहप्ताको लागि बन्द गर्ने निर्णय गरेको छ । धनकुटा नगरपालिका कोरोना संकट व्यवस्थापन समितिको आकस्मिक सम्पन्न बैठकले कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरु तथा सेवा केन्द्रहरुबाट प्रवाह गरिने सेवाहरु एकहप्ताको लागि बन्द गर्ने निर्णय गरिएको प्रमुख प्रशासकिय अधिकृत रामबहादुर थापाले बताए । सो समयमा सार्वजनिक भेला, भोजभतेर, गोष्ठी, बैठक, चाड मनाउने जस्ता भीडभाड हुने कुनै पनि गतिविधि नगर्न नगरबासीमा अनुरोध गरिएको छ ।
तर अति आवश्यक सेवाहरु स्वास्थ्य चौकी र शहरी स्वास्थ्य क्लिनिकहरुबाट प्रभाव हुने सेवा, फोहोरमैला व्यवस्थापन, एम्बुलेन्स, दमकल, नगर प्रहरी, खानेपानी, अति जरुरीका लागि सवारी पासको सिफारिस, विपद् व्यवस्थापन, कडा रोग उपचार सहुलियतका लागि सिफारिस लगायतका कार्यहरु भने सुचारु हुने धनकुटा नगरपालिकाले जनाएको छ ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved