सांसद कुसुम श्रेष्ठ सहित उनका श्रीमानलाई पनि कोरोना संक्रमण

  • साउन २८, २०७७
  • "तेजबहादुर बन "
alt

इटहरी । सुनसरीको इटहरीमा थप दुइ जनामा कोरोना पुष्टि भएको छ । धनकुटा घर भएकी तर इटहरीमा बस्दै आएकी प्रदेश एककि सांसद कुसुम श्रेष्ठ सहित २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । श्रेष्ठले आफ्नो फेशबुकबाट संक्रमण भएको सार्वजनिक गरिसकेकी छिन् ।
 
गत साउन २४ गते धरान स्थित एन्फा क्वारेन्टाइनमा उनको स्वाव परीक्षण गरिएको थियो । २८ गते बिहान प्राप्त रिपोर्ट अनुसार आफुलाइ कोरोना पुस्टी भएको सार्बजनिक गरेकी थिइन । उनि हाल इटहरी ४ मा बस्दै आएकि छिन् । त्यसैगरी उनकै श्रीमान् लाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
दुवैजनाले एकैदिन एकै स्थानबाट स्वाब संकलन गरीएको थियो । संक्रमण पुस्टी भएपछि हाल दुवैजनालाइ होम आइसोलेसनमा राखेर उपचार थालीएको इटहरी अस्पतालका इमरजेन्सी शाखा प्रमुख रामकुमार धमलाले बताए । इटहरीमा दुइजना संगै कोरोनाबाट संक्रमित हुनेहरूको संख्या ३२ पुगेको छ भने १६ जना उपचार पछि घर फर्किसकेका छन ।
 
 
 
 

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved