विपीका उपकुलपतिको कक्षमा तालाबन्दी

  • साउन २७, २०७७
  • "दिनेश गजमेर"
alt

धरान । पछिल्लो समय धरानमा सामुदाय स्तरमै कोरोनाको संक्रमण फैलिन थालिसकेको छ । अस्पतालकै चिकित्सकहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोनाको महामारीको जोखिम फैलिदै गएको अवश्थामा धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रमुख पदाधिकारीहरु सिनेट बैठकका लागि काठमाण्डौ गए पछि धरानका युवा तथा विद्यार्थीहरुले विरोध जनाएका छन् ।

कोरोनाको महामारी फैलिदै गएको अवश्थामा स्वास्थ्य सेवालाई व्यवस्थित गर्न छाडेर प्रतिष्ठानका मुख्य पदाधिकारीहरुहरु सिनेट बैठकमा सहभागि हुन काठमाण्डौ गए पछि विरोध जनाउँदै उपकुलपति डा. ज्ञानेन्द्र गिरीको कार्यकक्षमा तालाबन्दी गरिएको छ ।

संक्रमणको विरुद्धमा स्वास्थ्य सेवालाई चुस्त बनाउनु पर्ने समयमा प्रतिष्ठानका जिम्मेवारी पदाधिकारीहरु सिनेट बैठकमा जानुले प्रतिष्ठानका पदाधिकारीहरुमा जवाफदेहिता नभएको आरोप लगाउदै नेपाली कांग्रेस निकट नेपाल तरुण दल र विद्यार्थी संगठनले उपकुलपतिको कक्षमा तालाबन्दी गरेका हुन् । तरुण दलका धरान नगर सभापति हिमाल श्रेष्ठले भने, स्थानीय सरकार सँग समन्वय गरेर कोरोनाको जोखिमलाई न्युनिकरण गर्न छलफल तथा व्यवस्थापनमा केन्द्रित हुनुपर्नेमा पदाधिकारीहरुलाई नै रित्तो बनाएर बैठकमा गएको प्रति आपत्ति जनाउँछौं ।’ सरकारले कुनै बैठक, भेला गर्न रोक लगाएको समयमा उपकुलपतिले आफ्नो स्वार्थ पुरा गर्न स्वास्थ्य सेवा प्रति खेलवाड गरेको उनले बताए ।

विहिबार हुने सिनेट बैठकका लागि उपकुलपति डा. ज्ञानेन्द्र बस्नेत सहित ४ जना मुख्य पदाधिकारी, सिनेट सदस्यहरु सोमबार नै काठमाण्डौं गएका छन् । धरानमा बढ्दै गएको कोरोना संक्रमणको जोखिमलाई न्युनिकरण गर्न जिम्मेवारी पुर्वक नलागे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
नेपाल तरुण दल धरान नगर सभापति हिमाल श्रेष्ठ र महेन्द्र बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन दोर्ची शेर्पाद्वारा संयुक्त हस्ताक्षरित विज्ञप्तीमा ३ महिना अघि उदघाटन गरिएको कोभिड अस्पताल पनि तुरुन्त संचालन गर्न माग गरिएको छ । व्यवस्थित ओपिडीलाई व्यवस्थीत बनाउन र आइसियु सेवा र डाइलायसिस सेवाको क्षमता वृद्धि गर्न पनि उनीहरुले माग गरेका छन् ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved